६ जेठ,काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीको आकस्मिक बैठक डाकेका छन् ।
बिहिबार, राष्ट्रिय सभा उपनिर्वाचनकै दिन प्रधानमन्त्री ओलीले एमाले स्थायी कमिटी बैठक डाकेका हुन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि महासचिव ईश्वर पोखरलले दिउँसो २ बजे बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा माधव नेपाल पक्षसँग वार्ता गर्न गठित वार्ता टोलीले रिपोर्टिङ गर्नेछ । त्यस्तै राष्ट्रियसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा स्थायी कमिटी सदस्य रामवहादुर थापा बादललाई माधव पक्षले गरेको असहयोगको बारेमा समेत समीक्षा हुने बताइएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar