२०७९ श्रावण २९, आईतबार
६ जेठ,काठमाण्डौ – प्रभु क्यापिटल सामूहिक लगानी कोषअन्तर्गत पहिलो योजना प्रभु सेलेक्ट फन्डको बुधबार देखी बिक्री खुलेको छ ।
प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फन्डले प्रतिएकाइ १० रूपैयाँ अंकित दरमा १ अर्ब बराबरको १० करोड एकाइ जारी गरेको हो । यो योजनाको कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यो एक बन्दमुखी योजना हो । यस योजनाले एकाइ बिक्रीबाट संकलित रकमको ८० देखि १०० प्रतिशतसम्म सेयरमा लगानी गर्ने छ अर्थात् यो एक इक्विटी ओरिएन्डेड योजना हो ।
निष्कासित कुल १० करोड एकाइमध्ये कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेडले १ करोड ४० लाख एकाइ र कोष व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले १० लाख एकाइ गरी कुल १ करोड ५० लाख एकाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख एकाइका लागि सर्वसाधरणले जेठ ५ बाट आवेदन दिन सक्नेछन् । फन्डको एकाइमा इच्छुक लगानीकर्ताले छिटोमा जेठ ९ सम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै एकाइका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा जेठ १५ सम्म एकाइ बिक्री खुला रहने क्यापिटलले बताएको छ ।
यो योजनाअन्तर्गत संकलन भएको रकमबाट अधिकतम ३० वटा सेलेक्टेड कम्पनीमा लगानी गरी त्यसैमध्येबाट नियमित खरिदबिक्री गरिनेछ । आवेदन दिने प्रक्रिया नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमा गई आवेदन दिन सकिन्छ । तर, हाल कोभिड महामारीका कारण अधिकांश बैंक वित्तीय संस्थाका शाखा बन्द भएको हुँदा यहाँहरूले सीडीएससीले प्रदान गरेको मेरो सेयरमा लग इन गरेर समेत आवेदन दिन सकिनेछ ।
मेरो सेयर प्रयोग गर्नु हुने लगानीकर्ताले मेरो सेयरमा गई माई आस्बा मेनुभित्र क्लिक गरेर प्रभु सेलेक्ट फन्डको बायाँतर्फ रहेको एप्लाई बटनमा क्लिक गरी खुलेको फारममा आवश्यक विवरण राखेर आवेदन दिन सकिने पनि उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar