• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० जेष्ठ १६, मंगलबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली subhayug.com धादिङ मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता

१० घण्टा अघि
२

नवलपुर प्रहरीले बेच्यो बरामद गरिएका दुई सय ७१ सवारीसाधन

११ घण्टा अघि
३

झण्डै साढे ४ करोड भ्रष्टाचार गरेको भन्दै गुणस्तर तथा नापतौल कार्यालयका पूर्ववरिष्ठ निरीक्षकविरूद्ध मुद्दा दायर

११ घण्टा अघि
४

सेयर बजार राताम्मे

११ घण्टा अघि
५

Why Traditional Dating Will Always Overcome Away Algorithms

११ घण्टा अघि
६

‘अखण्ड भारत’को नक्साबाट नेपाल हटाउ भन्न नसके प्रधानमन्त्री किन भारत जानेः ओली

११ घण्टा अघि
७

बजेट कार्यान्वयनमाथिका शंका कामबाट हटाइने अर्थमन्त्री महतको दाबी

१२ घण्टा अघि
८

अब हवाई यात्रा गर्दा कोभिड खोप लगाएको प्रमाण नचाहिने

१२ घण्टा अघि
९

The Must-Know Tips For an incredible Union

१२ घण्टा अघि
१०

महोत्तरीको एनएमबि बैँकमा लुटपाट

१३ घण्टा अघि
११

दरबार हत्याकाण्ड र गौर हत्याकाण्डको अनुसन्धान गर्छुः प्रधानमन्त्री

१३ घण्टा अघि
१२

नेटफ्लिक्समा पासवर्ड सेयरिङ सुविधा बन्द, पासवर्ड सेयर गर्नुपरे अतिरिक्त शुल्क लाग्ने

१३ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • jagati licence seting १

    आर्थिक चलखेल गरी जगती यातायात कार्यालयमा ऐन विपरित निजी ट्रायल सेन्टरलाई लाईसेन्स परीक्षाको अनुमति

    १ हफ्ता अघि
  • rajendra sir photo २

    निती तथा कार्यक्रम फिर्ता लिनुपर्ने र पुर्नलेखन गर्नुपर्ने आवश्यकता छैन : सांसद पाण्डे

    १ हफ्ता अघि
  • tek narayan pande ३

    भुटानी शरणार्थी प्रकरण : पक्राउ पर्नुअघि नै पूर्व गृहसचिव पाण्डेले मोबाइल फर्म्याट गरेको खुलाशा

    ३ हफ्ता अघि
  • top ४

    एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ : प्रहरीले गोप्य राख्यो सुचना

    ३ हफ्ता अघि
  • EPS-korea-nepal ५

    ईपीएसमार्फत कोरिया जाँदा बढी भाडा तिर्नुभो ? अव एसरी गर्नुहोस् उजुरी !

    ३ हफ्ता अघि
  • nepse ६

    नेप्से निरन्तर घट्दो : कारोबार खुम्चियो

    ३ हफ्ता अघि
  • simrik heli crash ७

    सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना

    ३ हफ्ता अघि
  • bhutani saranarthi ८

    नक्कली शरणार्थी प्रकरणमा अभियुक्तहरुको बयान : सिंहदरबार र बालुवाटार नै करोड – करोडका लेनदेन गर्ने अखडा

    ६ दिन अघि
  • rajendra silwal ghayal ९

    सलाङघाट

    १ हफ्ता अघि
  • kp oli rajesh १०

    शरणार्थी प्रकरणमा पार्टीको नाम जोडिएपछि झस्कियो एमाले

    ६ दिन अघि
  • उदयपुर सिमेन्टको नयाँ रेकर्ड : सय दिनमा ४९ करोडको कारोबार

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ जेष्ठ ४, मंगलबार (२ साल अघि)
  • ६५८ पाठक संख्या
  • udaypur cement

    ४ जेठ,उदयपुर – व्यवस्थापकीय र प्राविधिक पक्ष सुधारसँगै उदयपुर सिमेन्ट उद्योगले उत्पादनमा नयाँ रेकर्ड कायम गरेको छ।

    राजनीतिक भागबन्डाका आधारमा गरिने महाप्रबन्धक नियुक्ति र कर्मचारी आन्दोलनले थलिएको उद्योग पछिल्लो समय व्यवस्थापकीय सुधारसँगै खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति हुन थालेपछि उत्पादन वृद्धि भएको छ हो। गत माघमा प्रवेश गरेका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेको कार्यकालको सय दिनमा उद्योगले ४९ करोड आम्दानी गरेको हो। उद्योगले माघयता ६ करोड ६० लाख १ सय ७३ बोरा सिमेन्ट बिक्री गरेको हो। उद्योगले गैंडा सिमेन्ट उत्पादन गर्छ।

    धराशायी बन्दै गएको उद्योगलाई गति दिन महाप्रबन्धक न्यौपानेले उद्योग बचाउका लागि अल्पकालीन र दीर्घकालीन योजना ल्याएको बताए। अधिकांश समय उद्योगभित्रै बिताएका उनले उद्योगको विगत १२ वर्षको इतिहास ब्रेक गर्दै १७ हजार ३ सय ६४ बोरा सिमेन्ट एकै दिन बिक्री गरेको बिक्री विभाग प्रमुख रामबहादुर जीसीले बताए।

    एकै दिनको बिक्रीले उद्योगलाई १ करोड २९ लाख ५० हजार ७१ रुपैयाँ प्राप्त भएको उनले बताए। पछिल्लो समय सिमेन्ट बिक्रीदर ह्वात्तै बढेको उनले बताए। जीसीले भने, ‘दैनिक सरदर ८ देखि १२÷१३ हजार बोरा सिमेन्ट बजार जाने गरेको छ।’ न्यौपानेले आफू उद्योग प्रवेश गरेको सय दिनको समीक्षा गर्दै आगामी योजना र हालसम्मका उपलब्धिसमेत सार्वजनिक गरेका हुन्।

    संकटपूर्ण अवस्थामा पुगेको उद्योगलाई पुनर्जीवन दिने प्रतिबद्धतासहित कार्यभार सम्हालेका न्यौपानेले देखिने गरी लक्ष्यअनुसार उद्योगलाई सञ्चालनमा ल्याएका छन्। उद्योग सुधारसँगै लगानी थप गर्ने तथा विदेशी लगानीसमेत जुटाउन अध्ययनसमेत सुरु गरेका छन्। २०७७ साउनदेखि पुस मसान्तसम्म ६ करोड ९८ लाख ५ सय ८६ बोरा सिमेन्ट बिक्री गरी ५२ करोड आम्दानी गरेको उद्योगले सय दिनमा क्षमताअनुसार आम्दानी गर्न सफल भएको प्रमुख जीसीले बताए।  पुससम्म ६५ करोड ८२ लाख दायित्व रहेकोमा उद्योगको आम्दानीबाट सरकारी राजस्व ७ करोड, कर्मचारी सेवा सुविधा भुक्तानी ८ करोड, वस्तु आपूर्ति सेवाको भुक्तानी ३० करोड, अवकाश कोषमा ४ करोड गरी रु. ४९ करोड भुक्तानी गरी सकिएको उनले बताए।

    पूर्ण सरकारी स्वामित्वमा सञ्चालित उद्योग विगत दुई वर्षदेखि नेतृत्वविहीन अवस्थामा थियो। नयाँ नेतृत्व नपाएपछि उद्योग निमित्तको भरमा सञ्चालन हुँदै आएको थियो। २०४४ सालमा जापान सरकारको सहयोगमा स्थापना भएको उदयपुर सिमेन्ट उद्योग एसियाको दोस्रो ठूलो र नेपालको पहिलो पूर्ण सरकारी स्वामित्वमा पर्छ। जापान सरकारले २०५१ सालमा नेपाललाई हस्तान्तरण गरेको थियो।

    औपचारिक रूपमा उद्योगमा लोडसेडिङ नभए पनि बेलामौकामा झ्याप्प–झ्याप्प विद्युत् कटौती हुँदा समस्या आउने गरेको उद्योगका नायब महाप्रबन्धक नवलकिशोर साह बताउँछन्। विद्युत् वितरण नियमित हुने हो भने उद्योगलाई पहिलाकै गतिमा लैजान समस्या नभएको उनी बताउँछन्। विगतमा उद्योगको मुख्य मेसिन (गियर) मा बारम्बार समस्या आउने गरेकोमा अहिले त्यो ठाउँमा प्राविधिक तयारी अवस्थामा राखेर चलाउने गरेको उद्योग प्रशासनको भनाइ छ।

    ‘दक्ष जनशक्तिसँगै नयाँ गियर मेसिन ल्याई जडान गरिएको छ, अन्य मेसिन पनि बेलामौकामा मर्मत भइरहेका छन्’, नायब महाप्रबन्धक साहले भने, ‘विद्युत् समस्याबाहेक अब हामीसँगै कुनै त्यस्तो समस्या छैन, नियमित विद्युत् आपूर्ति हुनासाथ पुरानो इतिहासलाई जोगाएर राख्न सक्छौं।’ वि.सं. २०४९ सालदेखि व्यावसायिक उत्पादन थालेको उद्योगले स्थापनापछि २०५५ सालमा एक पटक धेरै बिक्री गरेको थियो त्यस पनि यो नै अर्को नयाँ कीर्तिमान भएको महाप्रबन्धक न्यौपानेले बताए। उनले भने, ‘म आउनुभन्दा अगाडि २०५५ मा यसको हाराहारी सिमेन्ट बिक्री भएको अभिलेखमा देखियो तर, त्यसयता बढीमा १२ हजार बोराभन्दा धेरै बिकेको रेकर्ड छैन।’

    माघमा पहिलो चोटी उद्योग आउँदा कोइला, जिप्सनलगायत कच्चा पदार्थ नभएकाले १० दिनमा सामग्री जुटाएर उद्योग सञ्चालनमा ल्याएको न्यौपाने बताउँछन्। बिक्री विभागका अनुसार माघमा २ लाख ११ हजार १ सय ३८ बोरा सिमेन्ट बेचेको उद्योगले फागुनमा २ लाख ३८ हजार ३ सय ७१ बोरा बिक्री गरेको छ।  साउन १ देखि पुस मसान्तसम्म ६ लाख ९८ हजार ५ सय ८६ बोरा सिमेन्ट बिक्री भएकोमा न्यौपानेको सय दिनमा ६ लाख ६० हजार १ सय ७३ बोरा सिमेन्ट बिक्री भएको प्रमुख जीसीले बताए। अहिले उत्पादन र बिक्री दुवैमा प्रगति भएको र आफू आउँदा ६५ करोड ८२ लाख रहेको चालू दायित्वलाई सय दिनमा ४९ करोड भुक्तानी गरिसकेको न्यौपानेले बताए।

    बाँकी १६ करोड दायित्व आउँदो असारभित्र भुक्तानी गरिसक्ने उनको भनाइ छ। ‘बाँकी दायित्व पनि चालू वर्ष (असार) भित्रै तिरिसक्ने गरी सिमेन्ट उत्पादन र बिक्रीमा मेरो ध्यान गएको छ’ उनले भने ‘यन्त्र उपकरणले धोका नदिए सहजै तिर्न सकिन्छ।’ पाँचहजार मेट्रिकटन भन्दा बढी कोइला तथा १ हजार ५ सय मेट्रिकटन जिप्सम र १ हजार टन आइरन मौजाद रहेको उनले बताए। करिब २८ वर्षअघि जापान सरकारको सहयोगमा स्थापना गरिएको उद्योगको अधिकांश मेसिन उपकरण मर्मत हुन नसक्दा उद्योग संकटमा थियो।

    उद्योगले बर्सेनि एक अर्बको हाराहारीमा राजस्व योगदान पुर्‍याउँदै आएको महाप्रबन्धक न्यौपानेले बताए।  उद्योगको दैनिक ८ सय मेट्रिकटन सिमेन्ट उत्पादन गर्ने क्षमता छ। उद्योगलाई हालकै क्षमतामा सञ्चालन गर्न करिब ३५ करोड लगानी गर्नुपर्ने उनले बताए। त्यसमा करिब २५ करोड थप लगानी गरी कारखानाको क्षमता प्रतिदिन ३ सय मेट्रिकटन थप भई दैनिक १ हजार १ सय मेट्रिकटन पुग्ने आकलन गरिएको छ।  २०४४ सालमा जापान सरकारको सहयोगमा स्थापना भएको उदयपुर सिमेन्ट उद्योग एसियाको दोस्रो ठूलो र नेपालको पहिलो पूर्ण सरकारी स्वामित्वमा पर्छ। उद्योगका नायब महाप्रबन्धक नवलकिशोर साहले विद्युत् वितरण नियमित नहुँदा समस्या आउने गरेको बताए।

    एक वर्षभित्र सस्पेन्सन प्रिहिटर सिस्टमबाट रिइनफोर्स सस्पेन्सन प्रिहिटर सिस्टममा परिवर्तन गरी प्रतिदिन तीन सय मेट्रिकटन क्षमता बढाई १ हजार १ सय मेट्रिकटन  उत्पादन गर्नेे लक्ष्य छ।

    त्रियुगा नगरपालिका – १६ सिन्दालीमा ७२ मिलियन टन चुनढुंगा छ। यो तीन सय वर्षसम्म धान्ने क्षमता हो।  त्यसमध्ये झन्डै २८ वर्षको हाराहारीमा ५० लाख टन खर्च भइसकेको छ र बाँकी ६ करोड ७० लाख टन ठूलो पहाड स्टकमै रहेको न्यौपानेले बताए। यसलाई ५० वर्षभित्र उपयोग गर्ने नीति छ।  ‘अन्य सिमेन्टका चुनढुंगाभन्दा उदयपुर सिमेन्टको चुनढुंगा राम्रो छ’, उद्योगका नायब महाप्रबन्धक साहले भने, ‘त्यसलाई खपत गर्न पनि उत्पादन क्षमता विस्तार गर्न जरुरी रहेको छ।’ ‘यहाँको चुनढुंगा सदुपयोग गर्न सरकारी तवरबाट सहयोग हुनु पर्छ’, साहले थप्दै भने, ‘क्षमता विस्तारको योजना सफल हुनासाथ मुलुकको ६५ प्रतिशत सिमेन्टको मागलाई सहजै आपूर्ति गराउन सकिन्छ।’

  • subhayug
  • उदयपुर
  • उद्योग
  • गोपीकृष्ण न्यौपाने
  • महाप्रबन्धक नियुक्ति
  • सिमेन्ट
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता

  • नवलपुर प्रहरीले बेच्यो बरामद गरिएका दुई सय ७१ सवारीसाधन

  • झण्डै साढे ४ करोड भ्रष्टाचार गरेको भन्दै गुणस्तर तथा नापतौल कार्यालयका पूर्ववरिष्ठ निरीक्षकविरूद्ध मुद्दा दायर

  • सेयर बजार राताम्मे


  • समाचार
  • १

    रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता
    १० घण्टा अघि

  • २

    नवलपुर प्रहरीले बेच्यो बरामद गरिएका दुई सय ७१ सवारीसाधन
    ११ घण्टा अघि

  • ३

    झण्डै साढे ४ करोड भ्रष्टाचार गरेको भन्दै गुणस्तर तथा नापतौल कार्यालयका पूर्ववरिष्ठ निरीक्षकविरूद्ध मुद्दा दायर
    ११ घण्टा अघि

  • ४

    सेयर बजार राताम्मे
    ११ घण्टा अघि

  • ५

    Why Traditional Dating Will Always Overcome Away Algorithms
    ११ घण्टा अघि

  • ६

    ‘अखण्ड भारत’को नक्साबाट नेपाल हटाउ भन्न नसके प्रधानमन्त्री किन भारत जानेः ओली
    ११ घण्टा अघि

  • ७

    बजेट कार्यान्वयनमाथिका शंका कामबाट हटाइने अर्थमन्त्री महतको दाबी
    १२ घण्टा अघि

  • ८

    अब हवाई यात्रा गर्दा कोभिड खोप लगाएको प्रमाण नचाहिने
    १२ घण्टा अघि

  • ९

    The Must-Know Tips For an incredible Union
    १२ घण्टा अघि

  • १०

    महोत्तरीको एनएमबि बैँकमा लुटपाट
    १३ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    rajendra sir photo
    १ हफ्ता अघि

    निती तथा कार्यक्रम फिर्ता लिनुपर्ने र पुर्नलेखन गर्नुपर्ने आवश्यकता छैन : सांसद पाण्डे

    सामाजिक सञ्जालबाट
    १

    पोखरीमा डुबेर ६ जना बालबालिकाको ज्यान गयो

    शुभयुग सम्वाददाता
    २

    भारतको जम्मुमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    ३

    श्रीलङ्काले मेको अन्त्यबाट साप्ताहिक इन्धन कोटा बढाउने

    शुभयुग सम्वाददाता
    ४

    एर्दोगान टर्कीको राष्ट्रपतिमा पुनः विजयी

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution