२०७९ जेष्ठ ४, बुधबार
३१ बैशाख,काठमाण्डौ – प्रहरी प्रधान कार्यालयले ट्रमा सेन्टरका निमित्त निर्देशक डा. सन्तोष पौडेलले अफवाह फैलाएको आरोप लगायको छ ।
ट्रमाका निमित्त निर्देशक डा. पौडेलले, ट्रमाका लागि छुट्याएको अक्सिजन ‘पुलिसका ठुला मान्छे’ले लगेको भनेर बिहिबार सामाजिक सञ्जालमा पोष्ट गरेको प्रती आपत्ती जनाँउदै प्रहरी प्रधान कार्यालयले आज एक विज्ञप्ती प्रकाशित् गर्दै प्रहरीले उक्त भनाइको खण्डन खण्डन गरेको हो । प्रहरी प्रधान कार्यालयले जनताको सेवामा अहोरात्र खटिएका प्रहरीलाई लान्छना लगाउनु दुःखद भएकोसमेत बताएको छ ।
प्रहरी महानिरीक्षकको सचिवालयका डिआइजी प्रकाश अधिकारीले विज्ञप्ति निकालेर उद्योग, कारखाना वेल्डिङ पसल र व्यक्तिबाट संकलित अक्सिजन प्रहरी अधिकृतले व्यक्तिगत प्रयोगमा नलगेको दावीसमेत गरेका छन् । ‘व्यक्तिगत आवेगमा लेखिएका भनाई र सत्य रहित सूचना सामाजिक सञ्जालमा अनर्गल प्रचार भएकोमा गम्भिर ध्यानाकर्षण भएको छ’ प्रहरी प्रधान कार्यालयले विज्ञप्तिमा भनेको छ – ‘१ जनाको ज्यान बचाउन सकिएमा पनि पुण्य हुने ठानेर खटिएका प्रहरी कर्मचारीको कर्तव्यपालनका सम्बन्धमा नै गलत सन्देश पुग्ने प्रकृतिका सूचना सम्प्रेषण हुनु अनुचित छ ।’
नेपाल प्रहरी अस्पतालमा २ सय ८ जनाभन्दा बढी संक्रमितको निशुल्क उपचार भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी अस्पतालमा यसअघि बालाजुस्थित शंकर अक्सिजन प्लान्टबाट ल्याउने गरिएको र सिसिएमसीले निर्धारण गरेको प्रतिदिन २ सय सिलिन्डरभन्दा न्युन संख्यामा अक्सिजन लिएर कोभिड संक्रमितको उपचार गरिरहेको प्रधान कार्यालयले जनाएको छ । ‘अस्पतालमा अपुग अक्सिजन आन्तरिक रुपमा व्यवस्थापन गरिरहेका छौं’ डीआईजी अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रहरीले देशभरबाट ७ हजार भन्दा बढी अक्सिजन सिलिन्डर संकलन गरेर अस्पतालमा वितरण गरेको छ ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह