• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० आश्विन ६, शनिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक युवक पक्राउ

१५ घण्टा अघि
२

यू–१९ विश्वकप क्रिकेटः नेपालको पहिलो खेल न्युजिल्यान्डसँग

१५ घण्टा अघि
३

अनलाइनमार्फत ११ लाख ठगी गर्ने एक महिला पक्राउ

१५ घण्टा अघि
४

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरु

१६ घण्टा अघि
५

त्रिभुवन विमानस्थल आसपास चङ्गा, ड्रोन, बेलुन नउडाउन प्राधिकरणको आग्रह

१६ घण्टा अघि
६

विद्यालय शिक्षा विधेयकमा भएको त्रुटि सच्याएर मात्रै पारित हुन्छः गगन थापा

१७ घण्टा अघि
७

अपर तामाकोशी हाइड्रोपावरको सेयरमा आवेदन दिने समय थप

१७ घण्टा अघि
८

जाँड–रक्सी खाएर प्रहरीमाथि आक्रमण गर्ने तीनजना पक्राउ

१७ घण्टा अघि
९

तत्काल पठनपाठन सूचारु गर्न काभ्रेका स्थानीय तहको निर्देशन

१७ घण्टा अघि
१०

तेस्रो संस्करणको पीपीएल क्रिकेट प्रतियोगिता कात्तिकमा हुने

१७ घण्टा अघि
११

प्रधानमन्त्री दाहाल र डब्लूएचओका महानिर्देशक टेड्रोसबीच भेटवार्ता

१८ घण्टा अघि
१२

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक,हवाई भाडामा १०% छुट

१८ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • Facebook_creation_11637382 १

    धादिङमा चाडपर्व लक्षित बजार अनुगमन

    १ हफ्ता अघि
  • amrit neupane thag २

    पाँच करोड भन्दा बढी ठगी गरेको आरोपमा धादिङका न्यौपाने पक्राउ

    ३ हफ्ता अघि
  • surya jyoti ३

    सुर्यज्योती लाईफको अभिकर्ता सम्मान तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न

    ३ हफ्ता अघि
  • rajendra pandey nirwachan ४

    एमसीसी अनुगमन गर्न राजेन्द्र पाण्डेको संयोजकत्वमा समिति गठन

    २ हफ्ता अघि
  • rajendra pande ५

    सुवास नेम्वाङ्गको निधनले अत्यन्त दुःखित छु : उपाध्यक्ष पाण्डे

    १ हफ्ता अघि
  • akikrit-samajwadi-office ६

    एकीकृत समाजवादीका सल्लाहकार परिषद् सदस्य विश्वकर्माको हृदयघातबाट निधन

    १ हफ्ता अघि
  • gyanendra shahi fnj ७

    पत्रकारमाथी सांसद शाहीको धम्की स्वतन्त्र पत्रकारितामाथिको ज्यादती : पत्रकार महासंघ

    ३ हफ्ता अघि
  • suman thapa ८

    अव आँखा पाक्ने रोगको संक्रमण कम हुन्छ : डा.थापा

    २ हफ्ता अघि
  • mukunda rijal ९

    काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

    २ हफ्ता अघि
  • samsad adhibeshan १०

    प्रतिनिधिसभाको बैठक बस्दै : आज चार मन्त्रीले जवाफ दिने

    २ हफ्ता अघि
  • जेठ १ गते देखि धुनिवेशी नगरपालिकाले २० वेड क्षमताको आइसोलेशन सेन्टर संचालन गर्ने (निर्णय सहित)

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ बैशाख ३०, बिहिबार (२ साल अघि)
  • १०९० पाठक संख्या
  • dhunibeshi nagarpalika

    धादिङ । धुनिवेशी नगरपालिकाले जेठ १ गते देखि २० वेड क्षमताको आइसोलेशन सेन्टर संचालन गर्ने भएको छ ।

    नगरस्तरीय कोरोना विपद् व्यवस्थापन समितिको र्बैठकले नगरपालिका वडा नं.७ स्थित मच्छिन्द्र बहुमुखी क्याम्पसको निर्माणाधिन भवनमा जेठ १ देखी २० वेड क्षमताको आइसोलेशन सेन्टर संचालनमा ल्याउने निर्णय गरेको नगरप्रमुख बालकृष्ण आचार्यले जानकारी दिनुभयो ।

    बैठकले स्वास्थ्य मापदण्ड परिपालना र नयाँ भेरियन्ट सहितको कोरोना भाइरस नियन्त्रण रोकथाम र उपचार व्यवस्थालाई प्रभावकारी बनाई सचेतना अभिवृद्धि गर्न र आवश्यक सहयोग आदान प्रदान गर्न नगर क्षेत्रमा स्थापित भएका संघ, संस्था र क्लवका प्रतिनिधिहरुलाई आमन्त्रण गरी छलफल गर्ने निर्णय गरेको छ ।

    यस्तै यस नगर क्षेत्रमा संचालनमा आएका बैंक वित्तिय संस्थाहरुलाई अर्को सूचना जारी नहुँदा सम्म हप्तामा दुई दिन (आइतबार र बुधबार) सेवा संचालन र प्रवाह गर्ने व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय गरिएको छ भने अर्को सूचना जारी नहुँदासम्म नगरपालिका र वडा कार्यालयबाट प्रवाह हुँदै आएको अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरुलाई स्थगित गरि न्यून कर्मचारी मार्फत आलोपालोमा नियमित रुपमा अत्यावश्यक सेवा मात्र प्रवाह हुने व्यवस्था मिलाउने पनि निर्णय भएको छ ।

    यसैगरी जथाभावी रुपमा राष्ट्रिय राजमार्गको दायाँ वायाँ गाडी पार्किङ गर्ने व्यवस्थामा रोक लगाउने र उक्त कार्यका लागि आवश्यक भूमिका निर्वाह गर्न ईलाका प्रहरी कार्यालय र नगर प्रहरीलाई संयुक्त रुपमा परिचालन हुन जानकारी गराउने निर्णय बैठकले गरेको छ ।

    हेर्नुहोस् नगरपालिकाको बैठकका सबै प्रस्ताव तथा निर्णय  :

    धुनिवेशी नगरपालिकाको नगरस्तरीय कोरोना विपद् व्यवस्थापन समितिको मिति २०७८।०१।२९मा बसेको बैठकको प्रस्ताव तथा निर्णयहरुः–
    प्रस्तावहरुः–
    १) नगरस्तरीय कोरोना विपद् व्यवस्थापन समितिको मिति २०७८।०१।०७ मा बसेको बैठकको निर्णय कार्यान्वयन समिक्षा ।
    २) आइसोलेसन सेन्टर संचालन सम्बन्धमा ।
    ३) स्वास्थ्य मापदण्ड परिपालना र आवश्यक सहयोग आदान–प्रदानका लागि संघ, संस्था एवं क्लवका प्रतिनिधिहरुलाई आमन्त्रण गरी छलफल गर्ने सम्बन्धमा ।
    ४) बैंक वित्तिय संस्थाहरु संचालन व्यवस्थापन सम्बन्धमा ।
    ५) विविध

    निर्णयहरुः–
    निर्णय नं.१
    नगरस्तरीय कोरोना विपद् व्यवस्थापन समितिको मिति २०७८।०१।०७ को बैठकबाट भएका निर्णयहरु कार्यान्वयनका सम्बन्धमा समिक्षा गर्ने कार्य सम्पन्न गरियो ।

    निर्णय नं.२
    यस धुनिवेशी नगरपालिका वडा नं.७ स्थित मच्छिन्द्र बहुमुखी क्याम्पसको निर्माणाधिन भवनमा मिति २०७८।०२।०१ देखी २० वेड क्षमताको आइसोलेशन सेन्टर संचालनमा ल्याउने निर्णय गरियो ।

    निर्णय नं.३
    स्वास्थ्य मापदण्ड परिपालना र नयाँ भेरियन्ट सहितको कोरोना भाइरस नियन्त्रण रोकथाम र उपचार व्यवस्थालाई प्रभावकारी बनाई सचेतना अभिवृद्धि गर्न र आवश्यक सहयोग आदान प्रदान गर्न नगर क्षेत्रमा स्थापित भएका संघ, संस्था र क्लवका प्रतिनिधिहरुलाई आमन्त्रण गरी छलफल गर्ने निर्णय गरियो ।

    निर्णय नं. ४
    यस नगर क्षेत्रमा संचालनमा आएका बैंक वित्तिय संस्थाहरुलाई अर्को सूचना जारी नहुँदा सम्म हप्तामा दुई दिन (आइतबार र बुधबार) सेवा संचालन र प्रवाह गर्ने व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय गरियो ।

    निर्णय नं. ५
    विविध–१
    कोरोना भाईरस (कोभिड–१९) को संक्रमण भएको आशंका भएका विरामीहरुको विवरण संकलन गरी निजहरुलाई नजिकको स्वास्थ्यकर्मीहरुलाई सम्पर्क गर्न स्वास्थ्यकर्मीहरुको मोवाईल नम्वर उपलब्ध गराउन सरोकारवाला सबैमा अनुरोध गर्ने निर्णय गरियो ।

    विविध–२
    अर्को सूचना जारी नहुँदासम्म नगरपालिका र वडा कार्यालयबाट प्रवाह हुँदै आएको अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरुलाई स्थगित गरि न्यून कर्मचारी मार्फत आलोपालोमा नियमित रुपमा अत्यावश्यक सेवा मात्र प्रवाह हुने व्यवस्था मिलाउने निर्णय गरियो ।

    विविध–३
    जथाभावी रुपमा राष्ट्रिय राजमार्गको दायाँ वायाँ गाडी पार्किङ गर्ने व्यवस्थामा रोक लगाउने र उक्त कार्यका लागि आवश्यक भूमिका निर्वाह गर्न ईलाका प्रहरी कार्यालय र नगर प्रहरीलाई संयुक्त रुपमा परिचालन हुन जानकारी गराउने निर्णय गरियो ।

    विविध–४
    अन्यत्र स्थानबाट यस नगर क्षेत्रमा आएका व्यक्तिहरुको विवरण संकलन गर्ने÷यस कार्यका लागि सबै सरोकारवाला व्यक्तिहरुले प्राप्त गरेको सूचना एवं जानकारी स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, वडा कार्यालय एवं नगरपालिकामा जानकारी गराउन अनुरोध गर्ने निर्णय गरियो ।

    विविध–५
    मेडिकल शिक्षा उत्तिर्ण गरेका यस नगर क्षेत्रमा बसोबास गर्ने कोरोना भाइरस नियन्त्रण एवं रोकथामको कार्यमा सहयोग एवं सहकार्य गर्न इच्छुक जनशक्तिसँग समन्वय गरी निजहरुलाई आवश्यकता अनुसार परिचालन गर्ने व्यवस्था मिलाउने निर्णय गरियो ।

    विविध–६
    प्रभावकारी रुपमा कारोना भाइरस नियन्त्रण एवं रोकथामको कार्यमा सहयोग पु¥याउन जनचेतनामूलक सन्देशहरु प्रवाह गरी व्यापक रुपमा प्रचार प्रसार गर्ने निर्णय गरियो ।

    विविध–७
    नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण दिनानुदिन बढ्दै गैरहेको सन्दर्भमा विपद् व्यवस्थापन समितिको पटक–पटक बैठक बस्नुपर्ने अवस्था छ । संक्रमणको दर अझै बढ्न गई विपद् व्यवस्थापन समितिको पूर्ण वैठक बस्न नसक्ने अवस्था उत्पन्न भएको खण्डमा अत्यावश्यक निर्णयहरु गरी आवश्यक उपायहरु अपनाउन कोरोना विपद् व्यवस्थापन समितिको अधिकार नगर प्रमुखले प्रयोग गर्ने गरी अधिकार प्रत्यायोजन गर्ने निर्णय गरियो ।

  • subhayug
  • धादिङ
  • धुनिवेशी नगरपालिका
  • विपद् व्यवस्थापन
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक युवक पक्राउ

  • यू–१९ विश्वकप क्रिकेटः नेपालको पहिलो खेल न्युजिल्यान्डसँग

  • अनलाइनमार्फत ११ लाख ठगी गर्ने एक महिला पक्राउ

  • सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरु


  • समाचार
  • १

    मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक युवक पक्राउ
    १५ घण्टा अघि

  • २

    यू–१९ विश्वकप क्रिकेटः नेपालको पहिलो खेल न्युजिल्यान्डसँग
    १५ घण्टा अघि

  • ३

    अनलाइनमार्फत ११ लाख ठगी गर्ने एक महिला पक्राउ
    १५ घण्टा अघि

  • ४

    सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरु
    १६ घण्टा अघि

  • ५

    त्रिभुवन विमानस्थल आसपास चङ्गा, ड्रोन, बेलुन नउडाउन प्राधिकरणको आग्रह
    १६ घण्टा अघि

  • ६

    विद्यालय शिक्षा विधेयकमा भएको त्रुटि सच्याएर मात्रै पारित हुन्छः गगन थापा
    १७ घण्टा अघि

  • ७

    अपर तामाकोशी हाइड्रोपावरको सेयरमा आवेदन दिने समय थप
    १७ घण्टा अघि

  • ८

    जाँड–रक्सी खाएर प्रहरीमाथि आक्रमण गर्ने तीनजना पक्राउ
    १७ घण्टा अघि

  • ९

    तत्काल पठनपाठन सूचारु गर्न काभ्रेका स्थानीय तहको निर्देशन
    १७ घण्टा अघि

  • १०

    तेस्रो संस्करणको पीपीएल क्रिकेट प्रतियोगिता कात्तिकमा हुने
    १७ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    amrit neupane thag
    ३ हफ्ता अघि

    पाँच करोड भन्दा बढी ठगी गरेको आरोपमा धादिङका न्यौपाने पक्राउ

    सामाजिक सञ्जालबाट
    १

    बाइडेन र जेलेन्स्कीबीच ह्वाइट हाउमा वार्ता

    शुभयुग सम्वाददाता
    २

    क्यानडाबाट भारतीय भिसा बन्द

    शुभयुग सम्वाददाता
    ३

    क्यानडामा भारतीयलाई आक्रमण हुन सक्ने भन्दै ‘एडभाइजरी’ जारी

    शुभयुग सम्वाददाता
    ४

    चीनमा भीषण आँधीका कारण पाँच जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution