२०८१ आश्विन २५, शुक्रबार
३० बैशाख,काठमाण्डौ – आज (बिहीबार) हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता हुने भएको छ।
मर्जका लागि सबै विषय करिब टुंगो लागिसकेको छ भने कर्मचारी व्यवस्थापन, स्वाप रेसियो, संचालक समिति, माथिल्लो व्यवस्थापन टिम लगायतका विषय पनि मिलिसकेको छ।
मर्जपछि बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक हुनेछ । बैंकको अध्यक्षमा हाल नेपाल इन्भेष्टमेन्टका अध्यक्ष पृथ्वीबहादुर पाण्डे रहनेछन् भने कार्यकारी अधिकृत (सिइओ) मा हिमालयन बैंकका हालका अशोक शमशेर राणा रहने बताइएको छ ।
मर्जर कमिटीले गरेका निर्णयलाई दुबै बैंकको बोर्ड बैठकले पारित गरिसकेको छ । स्वाप रेसियो १ बराबर १ नै हुनेछ। यसको अर्थ हिमालयन वा इन्भेष्टमेन्ट बैंकको जति कित्ता सेयर लगानीकर्तासँग छ, मर्जपछि बन्ने बैंक ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट’को सेयर पनि त्यति नै हुनेछ।
एक औपचारिक कार्यक्रममा काठमाण्डौको एलोफ्ट होटलमा दुवै बैंकका अध्यक्षहरु पृथ्वीबहादुर पाँडे र तुलसी गौतमले एमाओयूमा हस्ताक्षर गर्नेछन् । कार्यक्रममा अत्यन्त न्यून मात्र उपस्थिति हुनेछ भने हस्ताक्षर कार्यक्रमको लाइभ भर्चुअल माध्यमबाट गरिनेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar