२८ बैशाख काठमाण्डौ – सोमबारबाट बढ्न सुरु गरेको सेयर बजार मापन गर्ने नेप्से परिसूचक २७०० अंक नजिक पुगेको छ ।
नेप्से २७.४७ अंकले बढेको छ । १.०४ प्रतिशतले बढेर नेप्से २६७३.३१ बिन्दुमा पुगेको हो । सोमबार नेप्सेलाई बढाउँन सबै समूहको परिसूचकले मद्दत पुर्यायो ।
व्यापार समूहको परिसूचक ५.७९ प्रतिशतले बढेको छ । त्यसपछि म्यानुफ्याक्चरिङ र अन्य समूहमा सबैभन्दा बढी दरमा वृद्धि भएको छ । अन्य समूहका परिसूचक २.५३ प्रतिशतले बढेको छ म्यानुफ्याक्चरिङ समूहको परिसूचक २.४२ प्रतिशतले बढेको छ । माइक्रोफाइनान्स र लाइफ इन्स्योरेन्सको परिसूचक १ प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ ।
मंगलबार नेप्से परिसूचकसँगै कारोबार मूल्य पनि बढेको छ । यस दिन ५ अर्ब ८१ करोड रुपैयाँ सेयर कारोबार भएको छ । ६२ हजार ६५९ पटकको कारोबारमा १ करोड ८ लाख कित्ता सेयर किनबेच भएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar