२०७९ जेष्ठ ११, बुधबार
२७ बैशाख,काठमाण्डौ – रु रु जलविद्युत् परियोजना लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ६ करोड १३ लाख १२ हजार रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा करिब १३ प्रतिशतले धेरै हो ।गत वर्ष यो अवधिसम्म कम्पनीको खुद नाफा ५ करोड ४३ लाख ४९ हजार रहेको थियो ।
त्यस्तै सो अवधिसम्म कम्पनीले विद्युत् विक्रीबाट १२ करोड २ लाख ९५ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यो आम्दानी ११ करोड ७० लाख ९२ हजार रहेको थियो । आईपीओ निष्काशनश्चात चुक्ता पूँजी ३६ करोड ६९ लाख ३४ हजार रुपैयाँ पुगेको कम्पनीको जगेडा कोषमा १२ करोड २७ लाख ५८ हजार रुपैयाँ रहेको छ ।
यस कम्पनीले चैत २० गतेदेखि २४ गतेसम्म प्रिमियम सहित प्रतिकित्ता १२० रुपैयाँमा सर्वसाधारणमा आईपीओ बिक्री गरेको हो । धितोपत्र दोस्रो बजारमा वैशाख २० गतेदेखि कारोबार शुरु भएको हो । गत वर्ष १६ रुपैयाँ ८५ रहेको कम्पनीको प्रतिसेयर आम्दानी बढेर यस वर्ष १८ रुपैयाँ ६१ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ४६ पैसा रहेको छ ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह