२०८१ आश्विन २८, सोमबार
२५ बैशाख,बुटवल – कोरोना संक्रमणबाट बुटवलमा थप २ जनाको मृत्यु भएको छ ।
आज शनिबार बिहान बुटवलस्थित कोरोना अस्पतालमा थप २ जना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुने दुवै बुटवल उपमहानगरपालिका रहेका छन् ।
अस्पतालका प्रवक्ता डा.विष्णु गौतमका अनुसार मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १ का ४८ वर्षीय पुरुष र ११ का ३० वर्षीया महिला हुन् । उनीहरु वैशाख २२ गते अस्पतालको आईसीयूमा भर्ना भएका थिए। दुवैलाई निमोनिया र श्वासप्रश्वासमा समस्या रहेको डा. गौतमले बताए ।
योसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या २५५ जना पुगेको जिल्ला स्वाथ्य कार्यालयको तथ्यांकमा उल्लेख रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar