२०८१ आश्विन २७, आईतबार
२४ बैशाख,काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
आज बालुवाटारमा प्रधानमन्त्री ओलीसंगै उहाँको निजी सचिवालय,सुरक्षा निकाय,सवारी चालकसहित एक सय जनाको पीसीआर परीक्षणका लागि स्वाव संकलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
कोरोना संक्रमण तीब्र रुपमा बढिरहेका बेला आगामी सोमबार संसद बैठक बस्दैछ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आव्हान गरिएको संसद्को विशेष अधिवेशनको पूर्वसन्ध्यामा प्रधानमन्त्रीको कोरोना परीक्षण गरिएको हो ।
यसअघि संघीय सांसदहरुको पनि पीसीआर परीक्षण गरिएको थियो । हिजो र अस्ति दुई दिन संघीय सांसद,संसद सचिवालयका कर्मचारी,मर्यादा पालकलगायतको कोरोना परीक्षण गरिएको थियो ।
यसरी परीक्षण गरिएकामध्ये एक जना उपसचिवको आज निधन भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar