• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ जेष्ठ १४, शनिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

१० महिनामा मात्र एक अर्ब २१ करोडको फेसमास्क आयात

१ दिन अघि
२

‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना हुने

१ दिन अघि
३

प्रदेश नं. १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान

१ दिन अघि
४

प्रजिअसहित दुई डीएसपीलाई तीन दिनभित्र हटाउन आयोगको निर्देशन

१ दिन अघि
५

बन्चरेडाँडामा फोहोर फाल्न ठुलो संख्यामा प्रहरी परिचालन : स्थानीयको अवरोध कायमै

१ दिन अघि
६

काठमाण्डौ महानगरको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित

१ दिन अघि
७

सर्वोच्च अदालतले आफ्नै फैसला उल्टायो : रञ्जन कोइरालालाई फसाद

२ दिन अघि
८

भ्रष्टाचार मुद्दा लागेका गाउँपालिका अध्यक्षले गरे पदभार ग्रहण

२ दिन अघि
९

नव निर्वाचित वडाध्यक्ष विरुद्ध आर्थिक अनियमिततासम्बन्धी मुद्दा

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि व्यवसायीद्धारा ढुवानी सेवा बन्द

२ दिन अघि
११

आज प्रतिनिधिसभा बैठक बस्दै : नीति तथा कार्यक्रममाथि छलफल हुने

२ दिन अघि
१२

कर्पोरेट ट्याक्स २५ प्रतिशत कायम गर्न सुझाव

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • ram १

    ‘अर्काको श्रीमती भगाउने’लाई वडाध्यक्षको टिकट

    ३ हफ्ता अघि
  • २

    धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा

    ४ दिन अघि
  • nirwachan ofc rame ३

    वडा अध्यक्षका उम्मेदवार नै मतदान अधिकृत

    ३ हफ्ता अघि
  • hatya ४

    माओबादी कार्यकर्ता द्वारा प्रेस ब्यवसायीको हत्या

    ४ हफ्ता अघि
  • Siddhalek ५

    सिद्धलेकमा कांग्रेसका खतिवडा र समाजवादीकी अर्याल विजयी

    १ हफ्ता अघि
  • matadan nirwachan ६

    उम्मेदवारहरुको मृत्युपछि यी स्थानीय तहमा निर्वाचन सर्‍यो

    २ हफ्ता अघि
  • ukraine rastrapati ७

    युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु

    ४ दिन अघि
  • BIBek thapaliya bibek ८

    सहिद परिवारका सदस्य विवेकको यस्तो छ राजनितीक ईतिहाँस

    ४ हफ्ता अघि
  • received_375475131304850 ९

    १४ महिनाको बालकलाई क्यान्सर लागेपछी परिवारद्वारा आर्थिक सहयोगको अपिल

    ५ दिन अघि
  • keshav sunita balen १०

    काठमाडौंको मतगणनामा झन् कमजोर बन्दै एमाले : केशव स्थापितलाई सिर्जनाले समेत उछिनिन् , यस्तो छ मत परिणाम

    १ हफ्ता अघि
  • २७ वाणिज्य बैंकको नाफा नौ महिनामा ५१ अर्ब

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ बैशाख २४, शुक्रबार (१ साल अघि)
  • ६५९ पाठक संख्या
  • banijya bank

    २४ बैशाख,काठमाण्डौ – २७ वटा वाणिज्य बैंकले गत साउनदेखि चैतसम्मको अवधिमा ५० अर्ब ७४ करोड नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा ९ महिनामा ४५ अर्ब २५ करोड खुद नाफा कमाएका वाणिज्य बैंकले कोभिडका बाबजुद पनि ५ अर्ब बढी नाफा कमाएका हुन् ।

    लकडाउन र कोभिडका कारण गत असोजसम्म समस्यामा रहेका वाणिज्य बैंकले कात्तिकबाट भने आक्रामक रूपमा कर्जा विस्तार गर्दै लगानी बढाएका थिए । नाफाका आधारमा नबिल बैंकले सबैलाई जितेको छ । नबिलले ९ महिनामै ३ अर्ब ६७ करोड रूपैयाँ खुद नाफा कमाएको छ । नबिलसँगै ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य र एनआईसी एसिया ३ अर्ब बढी कमाउनेमा परेका छन् ।

    २७ मध्ये ६ बैंकको भने नाफा घटेको छ । एभरेस्ट, हिमालयन, स्टान्डर्ड चार्टर्ड, एनसीसी, एसबीआई र सेन्चुरीको नाफा घटेको हो । वृद्धिदरका आधारमा एनएमबी सबै अगाडि छ । बैंकले ८८ प्रतिशत नाफा बढेको विवरण देखाएको छ । घट्नेमा सेन्चुरी बैंकको सबैभन्दा धेरै ६१ प्रतिशत घटेको छ ।

    नेपाल राष्ट्र बैंकले ऋणीलाई भनेर दिएको सहुलियतका कारणले पनि बढी कर्जा बाहिरिँदा वाणिज्य बैंकले कोभिडका बाबजुद पनि नाफा कमाएका हुन् ।  सरकारले कोभिड प्रभावित उद्योगी–व्यवसायीलाई सावाँ तथा ब्याज भुक्तानीका लागि कर्जा पुनर्तालिकीकरण र पुनर्संरचना गर्न पाउने र तिर्ने अवधि पनि थप दिइएको थियो ।

    ऋणीले समयमै तिर्न नसकेको कतिपय सावाँ तथा ब्याजलाई पुँजीकृत गरिएकाले र केही पुनर्तालिकीकरण गरिएकाले नाफा बढेको ठम्याइ बंैकर्सको छ । ऋणीलाई चालू पुँजी कर्जाको अधिकतम २० प्रतिशतसम्म र आवधिक कर्जाको अधिकतम १० प्रतिशतसम्म थप कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरिएको थियो ।

    आर्थिक वर्ष २०७६÷७७ को चैत मसान्तसम्म २७ बैंकहरूले कुल २८ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा चालू आवकोे चैत मसान्तसम्ममा ३५ खर्ब ७३ अर्ब कर्जा प्रवाह गरेका छन् । समग्रमा एक वर्षमा २५ प्रतिशतले कर्जा बढेको छ । निक्षेपभन्दा पनि कर्जाको वृद्धिदर बढेकाले नाफा बढेको हो । बैंकहरूले निक्षेपमा ग्राहकलाई दिने ब्याजदर घटाएकाले खुद ब्याज आम्दानी बढ्न गई नाफा वृद्धि भएको बुुझाइ बैंकर्सको छ । यस अवधिमा नेपाल एसबीआई बैंक, सानिमा, सेन्चुरी कमर्सियल बैंकको भने यस्तो आम्दानी सबैभन्दा कम छ ।

    बैंकहरूको लाभांश वितरण गर्ने क्षमता पनि औसतमा ११ प्रतिशत देखिएको छ । यद्यपि नबिल बैंक, एनएमबी बैंक र प्राइम बैंकको यो दर उच्च छ । यी बैंकको यस्तो दर क्रमशः २८, १३ र १३ प्रतिशत छ । चैतसम्म कायम चुक्ता पुँजीका आधारमा यो प्रतिफल दर देखिएको हो । ९ महिनामा नबिल बैंकले ३ अर्ब ६७ करोड रुपैयाँ नाफा कमाएको छ । यो बैंकले अघिल्लो आवमा ३ अर्ब १५ करोड रुपैयाँ कमाएको थियो । ग्लोबल आईएमईले चालू आवको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ५७ करोड नाफा कमाएको छ । अघिल्लो आवमा २ अर्ब ७० करोड मात्र थियो ।

    गत आवमा ३ अर्ब ३ करोड रुपैयाँ कमाएको राष्ट्रिय वाणिज्यले यसपालि ३ अर्ब २७ करोड कमाएको छ । गत वर्ष अढाइ अर्ब मात्र कमाएको एनआईसी एसियाले यसपालि ३ अर्ब नाफा कमाएको छ । गत वर्ष अढाइ अर्ब नाफा कमाएको इन्भेस्टमेन्ट बैंकले चालू आवमा २ अर्ब ८४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । प्राइम कमर्सियलले गत वर्ष २ अर्ब ३ करोड कमाउँदा यसपालि २ अर्ब ८१ करोड कमाएको छ । गत वर्ष १ अर्ब ३३ करोडमा सीमित भएको. एनएमबीले यस वर्ष २ अर्ब ५१ करोड कमाएको छ ।

    नेपाल बैंकको भने नाफा २ अर्ब २६ करोड भएको छ । अघिल्लो आवमा सो बैंकले १ अर्ब ९९ करोड नाफा कमाएको थियो । गत वर्ष १ अर्ब ४६ करोडको नाफामा सीमित भएको प्रभु बैंकले २ अर्ब १० करोड ९ महिनामा नाफा कमाएको छ । यसैगरी, कृषि विकास बैंकले गत वर्षभन्दा ३ करोड बढी अर्थात् २ अर्ब ७ करोड नाफा कमाएको छ । नौ महिनामा सिद्धार्थ बैंकले २ अर्ब ६ करोड, मेगाले १ अर्ब ९७ करोड सानिमाले १ अर्ब ८५ करोड, कुमारीले १ अर्ब ८० करोड, नेपाल बंगलादेशले १ अर्ब ६३ करोड र सिटिजन्स बैंकले १ अर्ब ५४ करोड नाफा कमाएको छ ।

    एभरेस्ट बैंकको भने गत वर्षको तुलनामा ८५ करोड नाफा कम भएको छ । उसले चालू आवमा १ अर्ब ५० करोड नाफा कमाएको छ भने गत वर्ष उसको नाफा २ अर्ब ३५ करोड थियो । त्यस्तै, माछापुच्छे« बैंकले भने १ अर्ब २९ करोड कमाएको छ । हिमालयन बैंकले गत वर्षभन्दा ३ करोड कम अर्थात् १ अर्ब २८ करोड नाफा कमाउँदा लक्ष्मी बैंक १ अर्ब २८ करोडमा सीमित भएको छ ।

    गत वर्ष १ अर्ब ८० करोड नाफा कमाएको स्टान्डर्ड चार्टड बैंक यसपालि १ अर्ब १८ करोडमा सीमित भएको छ । गत वर्ष ८७ करोड मात्र कमाएको बीओके यसपालि १ अर्ब १६ करोड नाफा कमाउन सफल भएको छ । नौ महिनामा सनराइजले १ अर्ब १३ करोड, एनसीसीले १ अर्ब १० करोड, एसबीआईले ८७ करोड, सिभिलले ५० करोड र सेन्चुरीले ३५ करोड नाफा कमाएको छ ।

  • subhayug
  • वाणिज्य बैंक
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • १० महिनामा मात्र एक अर्ब २१ करोडको फेसमास्क आयात

  • ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना हुने

  • प्रदेश नं. १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान

  • प्रजिअसहित दुई डीएसपीलाई तीन दिनभित्र हटाउन आयोगको निर्देशन


  • समाचार
  • १

    १० महिनामा मात्र एक अर्ब २१ करोडको फेसमास्क आयात
    १ दिन अघि

  • २

    ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना हुने
    १ दिन अघि

  • ३

    प्रदेश नं. १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान
    १ दिन अघि

  • ४

    प्रजिअसहित दुई डीएसपीलाई तीन दिनभित्र हटाउन आयोगको निर्देशन
    १ दिन अघि

  • ५

    बन्चरेडाँडामा फोहोर फाल्न ठुलो संख्यामा प्रहरी परिचालन : स्थानीयको अवरोध कायमै
    १ दिन अघि

  • ६

    काठमाण्डौ महानगरको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित
    १ दिन अघि

  • ७

    सर्वोच्च अदालतले आफ्नै फैसला उल्टायो : रञ्जन कोइरालालाई फसाद
    २ दिन अघि

  • ८

    भ्रष्टाचार मुद्दा लागेका गाउँपालिका अध्यक्षले गरे पदभार ग्रहण
    २ दिन अघि

  • ९

    नव निर्वाचित वडाध्यक्ष विरुद्ध आर्थिक अनियमिततासम्बन्धी मुद्दा
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि व्यवसायीद्धारा ढुवानी सेवा बन्द
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    petroliyam tanker
    २ दिन अघि

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि व्यवसायीद्धारा ढुवानी सेवा बन्द

    सामाजिक सञ्जालबाट
    १

    नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

    subhayug
    २

    रुसी राष्ट्रपतिको हत्या प्रयास असफल

    subhayug
    ३

    युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु

    subhayug
    ४

    कतार कारागारमा रहेका २१ नेपालीलाई माफी

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd. द्वारा संचालि

    शुभयुगडट कम का लागि

    अनामनगर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    प्रधान सम्पादक :
    विवेक अर्याल ९८५१२२०८२०

    कुवेत प्रतिनिधि : कमल सिंह

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution