२०७९ जेष्ठ ८, आईतबार
२३ बैशाख,काठमाण्डौ – नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई ‘राष्ट्रलाई आवश्यक परेको बखत सेवामा फर्काउने’ भन्दै तयार रहन निर्देशन दिएको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बुधबार बसेको विशेष बैठकले २०७२ सालपछाडि स्वास्थ्य सेवाबाट अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई आवश्यक परेका बेला बोलाउन सकिने निर्णय गरेको हो । पछिल्लो समय कोरोना संक्रमित संख्या अत्यधिक वृद्धि हुन थालेपछि सेनाको जिम्मेवारीसमेत बढेको छ ।
सातै प्रदेशका पृतना मातहत र उपत्यका पृतनाबाट संक्रमितको उपचार गर्न भन्दै अस्थायी अस्पताल योजनासमेत बनाइएको छ । सेनाले हाल कोरोना संक्रमणबाट निधन भएकाको शव व्यवस्थापन गर्दै आएको छ । उसले कोरोना महामारी नियन्त्रण तथा रोकथाममा थप भूमिका पूर्वानुमान, विभिन्न योजना तर्जुमा तथा आवश्यक तयारी गरिरहेको छ ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह