• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ चैत्र ८, बुधबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सत्तारुढ ४ दलको बैठक सम्पन्न : मन्त्रिपरिषद विस्तारबारे छलफल

७ घण्टा अघि
२

हाईस्पीड् ईन्टरनेटको बहानामा जनता ठग्ने क्लासिकटेकले पठायो संचारमाध्यमलाई नै समाचार हटाउन दवाव

९ घण्टा अघि
३

कालिकोटमा नर्सरी निर्माणमा अनियमितता

११ घण्टा अघि
४

मिडासको सहकार्यमा धुलिखेल अस्पतालको मोबाइल एप

११ घण्टा अघि
५

मन्त्रिपरिषद्लाई पूर्णता दिन बालुवाटारमा सत्ता गठबन्धनको बैठक

११ घण्टा अघि
६

१० गतेका लागि सारियो बागमती प्रदेशसभा बैठक

११ घण्टा अघि
७

लघुवित्त विरुद्ध आन्दोलन गर्न पीडितबाटै पैसा असुली

१२ घण्टा अघि
८

बागमती प्रदेशमा एमाले सहजै सरकारबाट नबाहिरिने

१२ घण्टा अघि
९

बागमती प्रदेशसभा बैठकमा कांग्रेस उपस्थित नहुने : कसरी लेलान् मुख्यमन्त्री विश्वासको मत !

१३ घण्टा अघि
१०

नागरिकका फोन रेकर्ड गर्न पाउने गरी विधेयक ल्याउने सरकारको तयारी

१५ घण्टा अघि
११

वाग्मतीका मुख्यमन्त्री जम्कट्टेललाई सत्ता जोगाउनै सकस : काँग्रेस र नेकपा एसको कस्तो रहला भुमिका !

१५ घण्टा अघि
१२

हाईस्पीडको बहानामा क्लासिकटेकको लुटधन्दा : २०० एमविपिएस् इन्टरनेटमा जम्मा १०० केविपिएस् स्पीड्

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande photo १

    गृहसहित तिन मन्त्रालय लिएर सरकारमा जान्छौं : राजेन्द्र पाण्डे

    ५ दिन अघि
  • classic tech thagi photo २

    हाईस्पीडको बहानामा क्लासिकटेकको लुटधन्दा : २०० एमविपिएस् इन्टरनेटमा जम्मा १०० केविपिएस् स्पीड्

    १ दिन अघि
  • kiran bajracharya photo subhayug ३

    नयाँ आईजीमा बज्राचार्यको सम्भावना बलियो : प्रहरी संगठनले पाँउदैछ यसपटक महिला नेतृत्व

    ५ दिन अघि
  • bidhya bhandari ४

    आलोचनै आलोचनामा बितेका राष्ट्रपति भण्डारीको ७ वर्ष

    ४ हफ्ता अघि
  • govinda ojha rajan ५

    के उपहार दिऊ तिमिलाई सोच्दै…..

    ३ हफ्ता अघि
  • oli prachanda bardali photo ६

    प्रचण्ड ओली सम्बन्धमा ‘चस्केको बार्दली’ सहमति

    ३ हफ्ता अघि
  • nepse down ७

    सेयर गिरावटले डेढ वर्षमा लगानीकर्ताको साढे १५ खर्ब घट्यो

    ३ हफ्ता अघि
  • subash-nembang ८

    आफ्नै नाममा राष्ट्रिय सहमति हुनसक्ने सुवास नेम्बाङको दावी

    ३ हफ्ता अघि
  • telephone dhamki ९

    नागरिकका फोन रेकर्ड गर्न पाउने गरी विधेयक ल्याउने सरकारको तयारी

    १५ घण्टा अघि
  • medicine १०

    कञ्चनपुरमा अवैध रुपमा नेपाल भित्र्याईएको १० लाख बढीको औषधी बरामद

    ३ हफ्ता अघि
  • कृत्रिम अभाव देखाएर दैनिक उपभोग्य सामग्रीमा कालोबजारी

    न्युज डेस्कप्रकाशित मिति: २०७८ बैशाख २३, बिहिबार (१ साल अघि)
  • ९२६ पाठक संख्या
  • kalobajari

    २३ बैशाख,काठमाण्डौ – महामारी मौका छोप्दै कृत्रिम अभाव देखाएर दैनिक उपभोग्य सामग्रीमा फेरि कालोबजारी मौलाउन थालेको छ ।

    गत १६ वैशाखबाट निषेधाज्ञा सुरु भएयता चिनी, खानेतेल, दाल, गेडागुडीलगायत खाद्यवस्तुमा ‘अस्वाभाविक’ मूल्यवृद्धि पाइएको हो । सोमबारसम्म २ सय ५० पर्ने सनफ्लावर तेलको २ सय ८० र ८१ को ८६ रुपैयाँ पु¥याएको छ । दाल, गेडागुडी, चना, केराउ, मास, मुसुरोलगायत वस्तुमा प्रतिकेजी १० देखि १५ रुपैयाँ बढाइएको छ । कोरोना संक्रमित तीव्र बढेसँगै सर्जिकल मास्कमा समेत अत्यधिक मूल्य बढेको उपभोक्ताको गुनासो छ ।

    राष्ट्रिय उपभोक्ता मञ्च केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जन ठूला व्यापारीको पहुँच माथिसम्म हुने भएकाले संकटका समय ‘अत्यावश्यक वस्तु’मा कालोबजारी मौलाउने गरेको दाबी गर्छन् । ‘दैनिक उपभोग्यदेखि अत्यावश्यक स्वास्थ्य सामग्रीमा कृत्रिम अभाव देखाएर कालोबजारी भइरहेको छ,’ महर्जनले राजधानीसँग भने, ‘लकडाउनपछि मात्रै चिनी, खाने तेल, दाल गेडागुडीलगायतमा अस्वाभाविक मूल्यवृद्धि गरिएको छ ।’

    वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक अनुगमन पनि गर्दै आए पनि ‘प्रभावकारी’ हुन नसकेको राष्ट्रिय उपभोक्ता मञ्च अध्यक्ष महर्जनको गुनासो छ । नेपाल खुद्रा व्यापार संघ अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार ठूला व्यापारी ‘मिलेमत्तो’मा खाद्यवस्तुको मूल्य बढाउने गर्छन् । बजारमा दैनिक उपभोग्य वस्तु पर्याप्त हुँदाहुँदै पनि ‘कृत्रिम अभाव’ सिर्जना गरी अत्यधिक मूल्यवृद्धि गर्ने गरेको उनले दाबी गरे । ‘कालोबजारीको संरक्षक नै सरकार भएपछि कसले कारबाही गर्ने ?’ श्रेष्ठ भन्छन्, ‘जसले गर्दा आमसर्वसाधारण सधैं मर्कामा पर्ने गरेका छन् ।’

    उता, साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय निर्देशक ब्रजेशकुमार झा चिनी मौज्दात कम हुँदा व्यापारीले त्यसको फाइदा उठाउँदै मूल्य बढाएको हुन सक्ने बताउँछन् । ‘बजारमा चिनी प्रतिकेजी ९० रुपैयाँ भए पनि साल्ट ट्रेडिङले ७६ रुपैयाँ ५० पैसामा बिक्री गरिरहेको छ,’ उनले बुधबार राजधानीसँग भने, ‘हामीसँग नुन भने आठ महिना पुग्ने पर्याप्त मौज्दात रहेको छ । यसमा चिन्ता नलिन उपभोक्तालाई आग्रह छ ।’ हाल, ट्रेडिङसँग १ लाख ७० हजार मेट्रिक टन नुन मौज्दात छ ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहप्रवक्ता उर्मिला केसी भने बजारमा खाद्यवस्तु पर्याप्त रहेको दाबी गर्छिन् । अहिल्यै दैनिक उपभोग्य वस्तु अभाव भएर मूल्य बढाउनुपर्ने अवस्था नरहेको उनी बताउँछिन् । ‘बजारमा नुनतेल, चिनी, दाल, गेडागुडी, चामललगायत खाद्यवस्तु पर्याप्त छ, अभाव भएर मूल्य बढाउनु कुनै कारण छैन,’ सहप्रवक्ता केसी भन्छिन्, ‘व्यापारीले चिनीलगायत वस्तुको मूल्य बढाएका छन्, त्यो सरासर कालोबजारी हो ।’

    तीन महिनालाई पुग्ने पर्याप्त चिनी बजारमा रहेको केसीको दाबी छ । उनका अनुसार निजी क्षेत्रसँग ५० हजार मेट्रिक टन चिनी छ । भर्खरै उखु क्रसिङ सकिएकाले दैनिक चिनी आयात भइरहेको उनले जानकारी दिइन् । उनका अनुसार मंगलबार मात्रै १७ ट्रक चिनी काठमाडौं भित्रिएको छ । साल्ट ट्रेडिङसँग ७ सय १२ मेट्रिक टन चिनी मौज्दात छ । संक्रमणको फाइदा उठाउँदै व्यापारीले कालोबजारी गर्न थालेकाले अनुगमनमा कडाइ गर्नुपर्ने प्रवक्ता केसीको जोड छ ।

    ३० हजार मेट्रिक टन चिनी आयातका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरिएको पनि उनले बताइन् । उनका अनुसार अर्थको स्वीकृतिपछि मन्त्रिपरिषद्को सिफारिसमा ३० हजार मेट्रिक टन चिनी साल्ट ट्रेडिङलाई आयातका लागि अनुमति दिइनेछ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले विभागसँग भएको जनशक्तिअनुसार दैनिक बजार अनुगमन गरिरहेको बताए ।

    अनुगमन क्रममा ‘अनुचित’ व्यापार गर्नेलाई उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गरिरहेको उनले जानकारी दिए । ‘बजारमा भइरहेको कालोबजारी विभाग एक्लोले नियन्त्रण गर्न भने सक्दैन, सम्पूर्ण जिम्मेवार निकाय लागेर मात्रै कालोबजारी नियन्त्रण गर्न सकिन्छ,’ महानिर्देशक पौडेल भन्छन् ।

  • subhayug
  • उद्योग
  • उपभोग्य सामग्री
  • कालोबजारी
  • महामारी
  • राष्ट्रिय उपभोक्ता मञ्च
  • वाणिज्य तथा आपूर्ति मन्त्रालय
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • सत्तारुढ ४ दलको बैठक सम्पन्न : मन्त्रिपरिषद विस्तारबारे छलफल

  • हाईस्पीड् ईन्टरनेटको बहानामा जनता ठग्ने क्लासिकटेकले पठायो संचारमाध्यमलाई नै समाचार हटाउन दवाव

  • कालिकोटमा नर्सरी निर्माणमा अनियमितता

  • मिडासको सहकार्यमा धुलिखेल अस्पतालको मोबाइल एप


  • समाचार
  • १

    सत्तारुढ ४ दलको बैठक सम्पन्न : मन्त्रिपरिषद विस्तारबारे छलफल
    ७ घण्टा अघि

  • २

    हाईस्पीड् ईन्टरनेटको बहानामा जनता ठग्ने क्लासिकटेकले पठायो संचारमाध्यमलाई नै समाचार हटाउन दवाव
    ९ घण्टा अघि

  • ३

    कालिकोटमा नर्सरी निर्माणमा अनियमितता
    ११ घण्टा अघि

  • ४

    मिडासको सहकार्यमा धुलिखेल अस्पतालको मोबाइल एप
    ११ घण्टा अघि

  • ५

    मन्त्रिपरिषद्लाई पूर्णता दिन बालुवाटारमा सत्ता गठबन्धनको बैठक
    ११ घण्टा अघि

  • ६

    १० गतेका लागि सारियो बागमती प्रदेशसभा बैठक
    ११ घण्टा अघि

  • ७

    लघुवित्त विरुद्ध आन्दोलन गर्न पीडितबाटै पैसा असुली
    १२ घण्टा अघि

  • ८

    बागमती प्रदेशमा एमाले सहजै सरकारबाट नबाहिरिने
    १२ घण्टा अघि

  • ९

    बागमती प्रदेशसभा बैठकमा कांग्रेस उपस्थित नहुने : कसरी लेलान् मुख्यमन्त्री विश्वासको मत !
    १३ घण्टा अघि

  • १०

    नागरिकका फोन रेकर्ड गर्न पाउने गरी विधेयक ल्याउने सरकारको तयारी
    १५ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    २ महिना अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    रुसी राष्ट्रपति पुटिनलाई पक्राउ गर्न आदेश

    subhayug
    २

    बीबीसीमाथि अन्तर्राष्ट्रिय करमा अनियमितता गरेको आरोप : कार्यालयमा आयकर विभागको छापा

    subhayug
    ३

    टर्की भूकम्पमा मृत्यु हुनेको संख्या २३ हजार नाघ्यो

    subhayug
    ४

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution