२०७९ जेष्ठ १४, शनिबार
२२ बैशाख,काठमाण्डौ – कोरोना महामारीमा ऋणीमाथि चर्को ब्याज असुली गरेपछी एनआईसी एशिया बैंक लिमिटेडसँग नेपाल राष्ट्र बैंकले स्पष्टिकरण माग गरेकाे छ ।
विभिन्न सञ्चार माध्यमहरूमा एनआईसी एशिया बैंक लिमिटेडले चर्काे व्याज लिएकाे समाचार प्रकाशन भएसँगै राष्ट्र बैंकले साेही विषयमा बैंकसँग स्पष्टिकरण मागेकाे हाे । राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले एनआईसी एशिया बैंक लिमिटेडकाे नाममा ‘बाहिर आएका विषय वस्तुमा के कसो भएको हो सो बारे तत्कालै जानकारी गराउनू’ भन्दै पत्राचार गरेको राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले जानकारी दिए ।
बैंकको चैत मसान्तसम्म व्याजको आधार दर ६.७७ प्रतिशत रहेको छ । तर बैंकले घर कर्जामा करिव १६ प्रतिशत व्याजदर र सवारी साधन खरिदका लागि लिइने कर्जामा पनि करिव १५ प्रतिशत व्याज लिएकाे छ ।
एनआईसी एशिया बैंक लिमिटेडकाे विरूद्धमा समस्या सुनिएकाे याे नै पहिलाे पटक हाेइन । समय समयमा ग्राहकहरूले विभिन्न माध्यमबाट बैंककाे समस्या सुनाइरहेका हुन्छन् । एनआईसी एशिया बैंकसँग अधिकांश ग्राहकहरूकाे गुनासाे छ ।
कोरोना महामारीमा एनआईसी एशियाको आर्थिक अपराध : ऋणीमाथि मिटरब्याज शैलीमा चर्को ब्याज असुली
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह