२२ बैशाख,काठमाण्डौ – जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा जारी निषेधाज्ञाका क्रममा घरबाहिर निस्कनुपर्ने भएमा त्यसमा सहजीकरण गर्न थप व्यवस्था गरेको छ ।
बुधबार सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक कार्यहरू‚ जस्तै: मृत्यु संस्कार, बिरामी तथा बिरामी कुरुवा र विवाहमा जाने व्यक्तिको हकमा पास जारी गर्नेलगायतका विषयमा थप स्पष्ट पारिएको जनाएको छ । अब विवाह व्रतवन्धजस्ता संस्कारका हकमा १५ जनासम्म व्यक्ति र २ वटा सवारी साधन प्रयोग गरी व्यानरका आधारमा जिल्लाभित्र वा अन्तर जिल्लामा आवत जावत गर्न पाउने सूचनामा उल्लेख गरिएको छ ।
यस्तै मृत्यु संस्कारका लागि समेत प्रशासन कार्यालयबाट अनुमति लिन मृत्युदर्ता प्रमाणपत्र वा सम्बन्धित वडाको सिफारिस, परिचय खुल्ने कागजातको प्रतिलिपिसहितको निवेदन पेस गरिनुपर्ने प्रशासनले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar