२०८१ आश्विन ३०, बुधबार
२२ बैशाख,काठमाण्डौ – महिला लघुबित्त बित्तीय संस्थाको आईपिओ पर्ने लगानीकर्ताहरु मालामाल भएका छन् ।
कम्पनीको आईपिओ पर्ने लगानीकर्ताहरुले करिब २ महिनामै १ हजार रुपैयाँको लगानीबाट ४५ हजार मुनाफा हासिल गरेका छन् । सस्थाले गत माघ ३० देखि फागुन ४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता आइपिओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये चुक्ता पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, जारी पूँजीको ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।
यसरी हेर्दा संस्थाको आईपिओ भाग्यमानी ३७ हजार ५ सय लगानीकर्ताहरुले मात्र हात पारेका थिए । संस्थाको आईपिओमा १५ लाख ४० हजार ३५ जना आवेदकको आवेदन परेको थियो । संस्थाको आईपिओमा करिब २ महिनाअघि १ हजार रुपैयाँ लगानी गरेर १० कित्ता सेयर हात पार्र्ने लगानीकर्ताहरुको सेयर मूल्य आज (बुधबार) को बजार मूल्यअनुसार ४५ हजार ७३० रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य हरेक दिन सकारात्मक सर्किट लेभलमा बढेर कारोबार हुदैँ आइरहेको छ ।
हरेक दिन कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले बढिरहँदा पनि बजारमा कम्पनीको सेयरको माग भने कम देखिएको छैन । आज यो समाचार तयार पार्दासम्म धितोपत्रको दोस्रो बजारमा कम्पनीको ९९ हजार ९०६ कित्ता सेयरको खरिद आदेश हुँदा बिक्रि गर्ने बिक्रेताको उपस्थिती भने शून्य देखिन्छ । कम्पनीको मूल्य यसरी दिनहुँ सकारात्मक सर्किट लेभलमा बृद्धि हुनुको प्रमुख कारण भनेको कम्पनीको सेयर संख्या न्यून हुनु र कम्पनीले उच्च दरमा बोनश वितरण गर्न सक्ने प्रक्षेपणका साथ लगानीकर्ताहरुले लगानी गरिरहेको देखिन्छ ।
केहि समयअघि संस्थाका सिईओ कृष्णप्रसाद न्योपानेले लगानीकर्ताहरुलाई ३ गुणासम्म प्रतिफल दिनसक्ने अवस्थामा रहेको बताएका थिए । संस्थाले हालै प्रकाशित गरेको चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार संस्थाको हालको चुक्ता पूँजीको तुलनामा संस्थाको जगेडा कोष करिब दुई गुणा ठूलो देखिन्छ । हाल संस्थाको चुक्तापूँजी १० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १९ करोड १८ लाख ३९ हजार रुपैयाँ छ । संस्थाको प्रतिसेयर आम्दानी ८५.६६ र प्रतिशेयर नेटवर्थ २९१.८४ रहेको छ ।
सामान्यत कुनैपनि कम्पनीको सेयर मूल्यलाई सेयरको माग र आपुर्तिले र्निधारण गर्ने गर्दछ । अहिले पनि कम्पनीको सेयरको माग दोस्रो बजारमा उच्च देखिएकाले कम्पनीको सेयर मूल्य अझै उकालो लाग्ने अनुमान गर्न सकिन्छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar