२०७९ जेष्ठ १०, मंगलबार
२२ बैशाख,काठमाण्डौ – नेकपा एमालेकी प्रभावशाली नेतृ तथा सांसद रामकुमारी झाँक्रीले आफूहरुलाई डुबाए ओलीलाई पनि डुबाउने उद्घोष गरेकी छन् ।
बुधबार झलनाथ खनाल – माधव नेपाल समूहकी प्रभावशाली नेतृ झाँक्रीले सामाजिक संजाल फेसबुकमा ओलीतर्फ संकेत गर्दै आफूहरुलाई डुबाए ओलीलाई पनि डुबाउने उद्घोष गरेकी हुन् । झाँक्रीले भनेकी छन्, ‘हामी त डुब्छौँ नै । हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ ।’
उनले ओलीको नामै नलिइ थप भनेकी छन्, ‘यदि तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज । विचार गर, दम्भ, अहंकार र जिद्दी छोड ।’
त्यस्तै उनले हिन्दी कहावत पनि जोडेकी छन्, ‘हिन्दीमा एउटा कहावत छः हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे‘ अगर डुब्नें से बच्ना है तो किनारा ढुढों ।’
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह