२१ बैशाख,काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुवईबाट ल्याएको डेढ किलो सुन बरामद गरिएको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालय र प्रहरीको टोलीले चेकजाँच गर्दा सो सुन फेला परेको हो । सुन ल्याउने पाँच जनालाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बाँस्तोलाले बताए ।
पक्राउ पर्नेमा प्यूठान घर भएका यमलाल खनाल, गुल्मीका जनक खड्का, नुवाकोटका सुमित तामाङ, धनबहादुर तामाङ र नवलपुरका राजु विश्वकर्मा छन् । फरक – फरक उडानबाट काठमाडौं आएका उनीहरुले स्पिकरमा फिट गरेर सुन ल्याएका थिए । पक्राउ परेकाहरूमाथि विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरिरहेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar