२०८१ आश्विन २८, सोमबार
१९ बैशाख,काठमाण्डौ – काठमाण्डौ उपत्यकामा आज (आइतबार) देखि निषेधाज्ञा थप कडाइ गरिएको छ ।
हिजो शनिबार, निषेधाज्ञा प्रभावकारी कार्यान्वयन भए नभएको अनुगमन गर्न सिडिओ काली प्रसाद पराजुली सहित नेपाल प्रहरी, सशस्त्र प्रहरीका सुरक्षा अधिकारी, काठमाडौंका मेयर विद्यासुन्दर शाक्यसहित जिल्ला अधिकारीहरु अनुगमनमा निस्किएका थिए । अनुगमनका क्रममा उनिहरुले सडकमा गाडी र मान्छे बढेकोले आजदेखि जारी निषेधाज्ञामा थप कडाइ गर्ने तयारी गरेका थिए ।
निषेधाज्ञाको अनुगमनमा अत्यावश्यक कामबाहेक कोही पनि घरबाहिर ननिस्किन समेत आग्रह गरिएको छ । यदि कसैले अटेरी गरेको पाइए सम्झाउने, बुझाउने, होल्डिङ सेन्टरमा राख्ने र फर्काउने निर्देशन दिइएको छ । तर, सम्झाइबुझाइ गर्दा नमाने संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने छ ।
अनुगमनमा निस्केको टोलीले अन्तर्राष्ट्रिय उडानबाट आउने यात्रुलाई कम्तीमा १० दिन क्वारेन्टाइन वा होल्डिङ सेन्टरमा राख्ने व्यवस्था गर्नुपर्ने देखिएकाले खाली भवनहरूको खोजी समेत गरेको बताइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar