२०७९ जेष्ठ १५, आईतबार
तुलसीपुर – दाङको तुलसीपुरको स्याउली बजारमा पार्किङ गरिराखेको एउटा कारभित्र तीन बालकको शव फेला परेको छ।
तुलसीपुर उपमहानगरपालिका – ६ स्थित स्याउली बजारमा पार्किङ गरिराखेको इण्डियन नम्बर प्लेटको जे ०१६६०८८५ नम्बरको निशानकारभित्र तीन वटा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका दाङका प्रवक्ता तथा डिएसपी मुकुन्द रिजालले जानकारी दिए। घटनास्थल पुगेका प्रहरी अधिकारीले भने तीन वटा शव फेला परेको जानकारी मात्रै दिएका छन्।
‘चार महिनादेखि पार्किङ गरिराखेको कारभित्र तीन वटा शवहरु फेला परेका छन्,’ इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले भने, ‘बेलुका ८ बजेतिर म यहाँ आइपुगेका छु घटनाबारे अनुसन्धान हुँदैछ।’ घटानाको प्रकृति नियाल्दा गम्भीर प्रकृतिको देखिएको हुँदा अनुसन्धान नगरी केही भन्न मिल्ने अवस्था नरहेको डिएसपी सिंहले बताए।
डिएसपी सिंहले उक्त गाडी स्याउली बजारमा गत माघ महिना अगाडिदेखि पार्किङमा रहेको भन्ने कुरा अनुसन्धानबाट खुल्न आएको बताए। शनिवार बेलुका एउटा बस उक्त कार नजिकै पार्किङका लागि पुगेपछि त्यसका स्टाफले गन्ध आएको हुँदा कारभित्र हेर्दा ती शवहरु देखेको स्रोतले बताएको छ।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली लिएर दाङ प्रहरी प्रमुख एसपी गणेश चन्द घटनास्थल लागेका छन्।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह