२०७९ श्रावण २९, आईतबार
१६ बैशाख,काठमाण्डौ – नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
आज (विहिबार) प्रकाशित विवरण अनुसार विवरण अनुसार बैंकको मुनाफा १.२४ प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ५८ करोड ९२ लाख रुपैयाँ खुद मुनाफा हासिल गरेको छ। यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२४ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५८ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
बैंकको वितरणयोग्य मुनाफामा पनि झिनो अंकको बृद्धि भएको छ । बैंकको वितरणयोग्य मुनाफामा पनि १.०१ प्रतिशतले बृद्धि भएर ४६ करोड ३२ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानीमा पनि सामान्य बृद्धि भएको छ । अघिल्लो आर्थिक बर्ष यहि अवधिमा बैंकले ९२ करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो बर्ष त्यो ०.८१ प्रतिशतले बढेर ९३ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।
बैंकको खुद ब्याज आम्दानीसंगै बैंकको सञ्चालन मुनाफामा पनि सामान्य बृद्धि भएको छ अघिल्लो बर्ष यहि अवधिमा संस्थाको सञ्चालन मुनाफा ८३ करोड ४ लाख रुपैयाँ रहेकोमा बैंकको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ०.६१ प्रतिशतले बृद्धि भएर ८३ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।
बैंकको खुद मुनाफा सामान्य बृद्धि भए पनि प्रतिसेयर आम्दानीमा भने गिरावट आएको छ । अघिल्लो बर्षको यहि अवधिमा बैंकको प्रतिसेयर आम्दानी ६ रुपैया ४७ पैसा रहेकोमा अहिले त्यो १ रुपैयाँ ४५ पैसाले घटेर ५ रुपैयाँ २ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात (पिई रेसियो) ११६.६ गुणा रहको छ रहेको छ भने बैंकको प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ७७ पैसा रहेको छ ।
आईपिओ जारीसंगै बैंकको चुक्ता पूँजी बढेर चैत मसान्तसम्ममा २० अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको जगेडा कोष ४५.९२ प्रतिशतले बढेर २ अर्ब १५ करोड रुपैयाँ पुगेको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar