२०७९ जेष्ठ ४, बुधबार
१६ बैशाख,काठमाण्डौ – बैंक तथा वित्तीय संस्थाले अहिले धमाधम तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्न थालेको छन् ।
कोभिड १९ को चपेटामा पनि बैंक तथा वित्तीय संस्थाले लोभलाग्दो वित्तीय विवरण सार्वजनिक गरेका छन् । बैंकले सार्वजनिक गरेको वित्तीय विरण अनुसार नविल बैंक र ग्लोबल आईएमई बैंकबीच को प्रथम बन्नेमा ठक्कर देखिएको छ भने एनआईसी एशिया बैंक आक्रमक रुपमा अगाडि बढेको देखिन्छ । यो तीन बटै बैंकले बुधबार आफ्नो तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
नबिल बैंकले प्रकाशित गरेको तेस्रो त्रैमासिक रिपोर्ट अनुसार बैंकको मुनाफा १६.५० प्रतिशतले बृद्धि भएको छ ।चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ३ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ खुद मुनाफा हासिल गरेको छ। यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.५० प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब १५ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
तेस्रो त्रैमासिक रिपोर्ट अनुसार बैंकको मुनाफा ३२ प्रतिशत भन्दा बढिले बृद्धि भएको छ।चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा हासिल गरेको छ। यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.४० प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ७० करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
बैंकको वितरणयोग्य मुनाफामा पनि बृद्धि भएको छ । बैंकको वितरणयोग्य मुनाफा बृद्धि भएर २ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह