२०७९ जेष्ठ १५, आईतबार
१६ बैशाख,पोखरा – गण्डकी प्रदेशसभाको बैठकमा आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदान हुने कार्यसूची रहेको थियो । तर सत्ता समीकरणको निर्णायक बनेको राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएपछि सभामुख नेत्रराज अधिकारीले टाँसेर प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरेका छन् ।
अविश्वास प्रस्तावमाथि निर्णय गर्नुअघि शाही हराएपछि सभामुखले बैठक रोक्नु परेको होे । सांसद शाहीले फोन अफ गरेर बपत्ता बनेपछि जनमोर्चाकी सचेतक पियारी थापाले उनको खोजी गर्न माग गर्दै प्रदेश सभा बैठकको कारवाही रोक्न निवेदन समेत गरिन् । जसपश्चात बैठक स्थगित भएको छ ।
थापाले प्रदेशसभामा दर्ता गरेको निवेदनमा यस्तो , ‘माननीय मुख्यमन्त्रीज्यूको विरोधमा राखिएको अविश्वासको प्रस्तावमा राष्ट्रिय जनमोर्चाले समर्थन जनाइरहेको सन्दर्भमा सदनमा मतदानको परिस्थिति बनेको दिन हाम्रो पार्टीको प्रदेशसभा सदस्य श्री खिम विक्रम शाहीको अवस्था अज्ञात रहेकोले सदनमा उपस्थित हुन नसक्नु भएकोले उहाँको अवस्था सार्वजनिक गर्न, निजको जीवन रक्षा गर्न र निज सार्वजनिक नभएसम्म सदनको कारबाही नचलाइयोस् भन्ने विनम्र अनुरोध गर्दछु।’
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह