१४ वैशाख,काठमाण्डौ – जनता समाजवादी पार्टी (जसपा नेपाल) को कार्यकारिणी समितिको बैठक सहमति बिनै सकिएको छ ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा भएको छलफलमा सरकारलाई अविश्वासको प्रस्ताव अगाडि बढाउने वा नबढाउने भन्ने विषयमा कुनै ठोस टुंगो नलागी बैठक सकिएको सहभागि एक नेताले बताए ।
जसपाभित्र बाबुराम भट्टराई, उपेन्द्र यादवलगाउतका केहि नेताहरु सरकारको विपक्षमा उभिएका छन् भने अर्का अध्यक्ष महन्थ ठाकुर राजेन्द्र महतोले सरकारले आफ्ना मागहरु सम्बोधन गरे केपी ओली सरकारलाई निरन्तरता दिने पक्षमा छन् ।
तर, जसपाभित्रै पनि अन्यौलता बढेकोले यस विषयमा सहमति हुन सकेको छैन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar