२०७९ जेष्ठ १५, आईतबार
१४ बैशाख,उदयपुर – ब्राउनसुगरसहित उदयपुरबाट दुई युवा पक्राउ परेका छन् ।
हिजो सोमबार साँझ त्रियुगा नगरपालिकास्थित गाईघाट बजार – ३ को मिलनचोकको एक स्थानमा ब्राउनसुगरको कारोबार हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा छापा मार्दा दुई युवालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा त्रिनपा -३ मिलनचोकका ३४ वर्षीय श्यामकुमार चौधरी र सोही स्थान बस्ने अर्का २८ वर्षीय रेवत खाती रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
ब्राउनसुगरसहित पक्राउ गरिएका दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह