२०७९ जेष्ठ १५, आईतबार
१४ बैशाख,काठमाण्डौ – नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकको खुद नाफा ६३.०२ प्रतिशतले बढेर १ अर्ब ६३ करोड हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ५० हजार खुद नाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य मुनाफा भने ९८ करोड ३२ लाख रुपैयाँ रहेको छ। बैंकको सञ्चालन मुनाफा २ अर्ब २८ करोड रुपैयाँ रहेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा ५६.४१ प्रतिशतले बढी हो। गत वर्ष यस्तो मुनाफा १ अर्ब ४६ करोड रुपैयाँ रहेको थियो।
त्यसैगरी, बैंकको खुद ब्याज आम्दानी भने ७.३५ प्रतिशतले बढेर १ अर्ब ९८ करोड रुपैयाँमा सीमित बनेको छ। गत वर्षको सोहि अवधिसम्म यस्तो आम्दानी २ अर्ब १४ करोड रुपैयाँ रहेको थियो। हाल चुक्ता पूँजी ९ अर्ब रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ १७ पैसा र प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ४६ पैसा रहेको छ ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह