१३ बैशाख,काठमाण्डौ – ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले २१ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १४९.९० प्रतिशतले बढि हो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ९३.८७ प्रतिशतले बढेर २५ करोड ७९ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ८४.८१ प्रतिशतले बढेर ३२ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, संस्थाको चुक्ता पुँजी ३३ करोड ८ लाख रुपैयाँ र जगेडा कोषमा २७ करोड ८१ लाख रुपैयाँ रहेको छ । संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) ८५ रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ४ पैसा रहेको छ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar