२०८१ भाद्र २२, शनिबार
१२ बैशाख,काठमाण्डौ – नेपालको सेयर बजार (नेप्से) परिसूचकमा आइतबार भारी गिरावट आएको छ ।
यस दिन बजार परिसूचक ७५.७९ अंकले घटेर २५७२.२२ अंकमा खस्किएको छ । सेन्सेटिभ परिसूचक समेत १२ अंकले घटेको छ । कारोबार रकम भने यस दिन तुलनात्मक रुपमा बढी छ । यस दिन ७ अर्ब २८ करोड ४१ लख ९४ हजार ९ सय १ रुपैयाँमा २ सय १५ कम्पनीको १ करोड ४६ लाख ९० हजार ७ सय २० कित्ता कारोबार भएको छ ।
यस दिन धेरै कमाउने कम्पनीहरुमा कुमारी बैंक लिमिटेड प्रवद्र्धक सेयर, महिला लघुवित्त वित्तीय संस्था, विशाल बजार कम्पनी, कालिका पावर लिमिटेड, मिर्मिरे माइक्रो फाइनान्सका लगानीकर्ता रहेका छन् । कुमारी बैंकको प्रवद्र्धक सेयर १४ प्रतिशतभन्दा बढीले बढेको छ ।
यस दिन सबैजसो समुहगत परिसूचकहरु राताम्ये भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ४४० अंकले घटेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar