१२ बैशाख,काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी एमालेले फ्लोर क्रस गरी मतदान गरेका कर्णालीका चार सांसदलाई कारबाही गरेको पत्र प्रदेशसभामा दर्ता गराएको छ ।
आइतबार एमालेले चार सांसदलाई प्रदेश सभा सदस्यबाट निष्काशन गरिएको पत्र प्रदेशसभामा दर्ता गराएको हो । पार्टीको ह्वीप उल्लंघन गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्तावको मतदानमा फ्लोर क्रस गरेका चार सांसदहरूलाई पार्टीबाट निष्काशन गरिएको पत्र संसदीय दलका नेता यमलाल कँडेलले आइतबार प्रदेशसभा सचिवालयमा दर्ता गराएका हुन् ।
पदमुक्त हुनेहरूमा प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढा छन् । ज्वालाबाहेक तीनजना माओवादी नेतृत्वको सरकारमा मन्त्री भइसकेका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar