• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ श्रावण २३, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सर्वोच्चले सच्यायो आफ्नै ‘अनुचित’ निर्णय : चेक बाउन्स अब बैंकिङ कसुर

१५ घण्टा अघि
२

सानिमा बैंकका ग्राहकलाई नमस्ते पे वालेटमा रकमान्तर गर्ने सुविधा

२० घण्टा अघि
३

मालेकाे निष्कर्ष : अहिलेकै अवस्थामा एमालेसँग एकता हुन सक्दैन

२० घण्टा अघि
४

उपभोक्तामाथी चौधरी ग्रुपको ठगी : ७५ ग्रामको वाइवाइको १० ग्राम तौल घटायर मुल्य बृद्धी

१ दिन अघि
५

ओलीका अनेक रुप : सरकारदेखि अदालतसम्मलाई गाली

१ दिन अघि
६

नारायणकाजीलाई माओवादी केन्द्रको कार्यवहाक अध्यक्षको जिम्मेवारी

१ दिन अघि
७

ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रम सुरु

२ दिन अघि
८

चिनियाँ नागरिक अपहरण प्रकरण : प्रहरी नै अपहरणकारी

२ दिन अघि
९

बढ्न थाल्यो कोरोना : चौथो लहरको संकेत !

३ दिन अघि
१०

कृषि विकास कार्यालयका सुब्बादेखि हाकिमसम्म कार्यकक्षमै मदिरामा मस्त

५ दिन अघि
११

सेवाग्राहीसँग ६ लाख घुस मागेका पर्यटन मन्त्रालयका उपसचिव अख्तियारको फन्दामा

५ दिन अघि
१२

प्रहरीको बुट खरिदमा दोब्बर मूल्य भुक्तानी गरी ६ करोड घोटला

५ दिन अघि

महिनाभर प्रचलित रहेका

  • suravi shakya १

    थाइल्याण्डमा हुने किड्स स्टारमा गजुरीकी सुरभी शाक्यले नेपालबाट प्रतिनिधित्व गर्ने

    ३ हफ्ता अघि
  • 6 bichauliya २

    लाईसेन्स बनाईदिन्छु भन्दै सेवाग्राहिसंग पैसा असुल्ने ६ जना बिचौलिया प्रहरी नियन्त्रणमा

    ३ हफ्ता अघि
  • oli mcc ३

    कार्यकर्ता पोस्न ओलीद्धारा मनपरी रकम वितरण : तिन वर्षमा मात्र अनाधिकृत रुपमा ३० करोड भुक्तानी

    २ हफ्ता अघि
  • tilottama ४

    तिलोत्तमाको नगरसभा विवाद : फर्जी माइन्युट लुकाउन प्रमुख प्रशासकीय अधिकृतद्धारा पत्रकारको प्रयोग

    २ हफ्ता अघि
  • sir ५

    चेपाङ किशोरी छात्राबासलाई कम्प्युटर सहयोग गर्ने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

    ४ हफ्ता अघि
  • thamel ६

    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा गठबन्धनबाट शर्मा र महासचिवमा तिमल्सिनाको उम्मेदवारी

    ४ हफ्ता अघि
  • dhunibeshi 8 regmi ७

    मापसे गरी मोटरसाईकल हाँकेका धुनिबेसी ८ वडाध्यक्ष रेग्मीद्धारा ट्राफिक प्रहरीमाथी दुव्र्यवहार : भिडियो सहित

    ३ हफ्ता अघि
  • rape ८

    काठमाडौं आँउदै गरेकी युवती ड्राईभरबाटै बलात्कृत

    ३ हफ्ता अघि
  • baburam ९

    बाबुरामसंग दुई विकल्प : नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने की विचार मिल्नेसँग सहकार्य गर्ने ?

    ३ हफ्ता अघि
  • bajet १०

    २०७ स्थानीय तहले अझैसम्म ल्याएनन् बजेट

    २ हफ्ता अघि
  • बारपाक भूकम्पको ६ वर्ष : अझै सकिएन पुनःनिर्माण

    न्युज डेस्कप्रकाशित मिति: २०७८ बैशाख १२, आईतबार (१ साल अघि)
  • ७६९ पाठक संख्या
  • barpak center

    १२ बैशाख,काठमाण्डौ – ६ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पको छैटौँ स्मृति दिवस स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

    यस अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले पारेका प्रभाव, भएका उपलब्धि, हालसम्मको सिकाइलगायत विषयलाई समेटेर कार्यशाला गोष्ठीको आयोजना गरेको छ । कार्यक्रममा कार्यपत्र प्रस्तुत गरिने र त्यसमाथि विज्ञले टिप्पणी गर्नुहुने कार्यक्रम रहेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए ।

    विसं २०७२ वैशाख १२ गते शनिबार मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पले आठ हजार ९७९ जनाको निधन भएको थियो भने २२ हजार ३०९ घाइते भएका थिए । भूकम्पले करिब १० लाख निजी आवास, सात हजार ५५३ विद्यालय, ४९ हजार ६८१ कक्षाकोठा, ५४४ स्वास्थ्य संस्थामा पूर्ण क्षति, ६५३ स्वास्थ्य संस्थामा आंशिक क्षति भएको थियो ।

    यसैगरी ४१५ सरकारी भवन, विश्व सम्पदा क्षेत्रका १७० सम्पदासहित ९२० सांस्कृतिक सम्पदा र सुरक्षा निकायका ३८३ भवनमा क्षति पुगेको थियो । तीन हजार २१२ खानेपानी संरचना, ५३ सडक र २९९ मानव बस्तीमा क्षति पुगेको तथ्याङ्क प्राधिकरणसँग छ ।

    गोरखा भूकम्पले ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौँ, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति गरेको थियो । यसैगरी सङ्खुवासभा, भोजपुर, खोटाङ, सोलुलुखुम्बु, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, पूर्वी नवलपरासी र पश्चिम नवलपरासी गरी १८ जिल्ला कम प्रभावित भएका थिए ।

    गोरखा भूकम्पले भत्किएका करिब १० लाख घरमध्ये छ लाख ३८ हजार ५४० घर पुनःनिर्माण भएका छन् । ६ वर्षअघिको भूकम्पले भत्किएर आठ लाख ११ हजार ७५४ घरधनीले पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको लाभग्राही सूचीमा समावेश भएर सम्झौता गरेका छन् । हालसम्म ८ लाख १० हजार ६३५ लाभग्राहीले पहिलो किस्ताको ५० हजार बुझेका छन् । सात लाख चार हजार ४६७ लाभग्राहीले दोस्रो किस्तावापत १ लाख लिएका छन् । घर सम्पन्न गरेर छ लाख ३८ हजार ५४० लाभग्राहीले तेस्रो किस्ताको १ लाख ५० हजार लिएका छन् । चालु आर्थिक वर्षभित्र निजी आवास पुनःनिर्माणका मूलभूत काम सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ ।

    निजी आवास पुनःनिर्माणका क्रममा ६ लाख ३४ हजार ९७३ गुनासा आएकामा ती सबैको सम्बोधन गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणबाट भएको गुनासो सुनुवाइमा पनि चित्त नबुझेमा जिल्ला तहमै पुनरावेदन दर्ता गरी पुनरावेदन समितिमार्फत समस्या समाधान गर्ने व्यवस्था मिलाइएको छ । जोखिम एवं विपन्न वर्गका लाभग्राहीको घर पुनःनिर्माणमा प्राधिकरणले करिब ९०० घुम्ती डकर्मी र २५४ सामाजिक परिचालक परिचालनसहित विशेष अभियान अघि बढाएको छ । साझेदार संस्थालाई पनि यस कार्यमा परिचालन गरिएको छ । व्यापक अभियानका साथ जोखिम वर्गका लाभग्राहीको घर पुनःनिर्माण भइरहेको जनाइएको छ ।

    भूकम्पपछि २९९ वटा असुरक्षित स्थानमा रहेका ४ हजार ७२० लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको छ । बाह्र हजार ७८८ भूमिहीन लाभग्राहीलाई जग्गा व्यवस्थापनसहित घर निर्माण गर्ने वातावरण सिर्जना गरिएको छ । क्षतिगस्त ९२० सम्पदामध्ये ४९३ पुनःनिर्माण सम्पन्न भएको छ । २८८ सम्पदा पुनःनिर्माण भइरहेका छन् । राष्ट्रको मुख्य प्रशासनिक भवन, सिंहदरबारको उत्तर, दक्षिण र पूर्वी भाग प्रबलीकरण भई गत फागुन ३ गते उद्घाटन भएको छ । फागुनदेखि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको मूल भवनबाट नै सञ्चालन शुरु भएको छ । केशरमहल, बबरमहल, बालमन्दिर, नारायणहिटी सङ्ग्रहालय क्षेत्रमा रहेको रणोद्दीप दरबारलगायतका पुरातात्विक महत्वका दरबारको जीर्णोद्धार जारी छ ।

    भूकम्पले क्षति भई मर्मत गर्नुपर्ने ४०२ गुम्बामध्ये २९४ वटा सम्पन्न भएका छन् । पुनःनिर्माण गर्नुपर्ने ८९५ मध्ये १०० वर्षभन्दा पुराना र दुई हजार वर्ग फिटभन्दा बढी ‘प्लिन्थ एरिया’ भएका २६४ वटा गुम्बामध्ये ३६ वटा र १०० वर्षभन्दा कम र दुई हजार वर्ग फिटभन्दा मुनिका ६३१ गुम्बामध्ये १०१ को पुनःनिर्माण अघि बढेको छ । भूकम्पबाट क्षतिग्रस्त कूल सात हजार ५५३ विद्यालयमध्ये ८३ प्रतिशत विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । हाल बाँकी १७ प्रतिशत विद्यालय पुनःनिर्माण भइरहेको छ । विद्यालयको पुनःनिर्माण यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

    भूकम्पले क्षतिग्रस्त कूल एक हजार १९७ स्वास्थ्य संस्थामध्ये ६९८ को पुनःनिर्माण सम्पन्न भएको छ । २९६ स्वास्थ्य संस्थाको पुनःनिर्माण जारी छ । क्षति पुगेका कूल ४१५ सरकारी भवनमध्ये ९० प्रतिशतको पुनःनिर्माण सम्पन्न भएको छ । प्राधिकरणअन्तर्गत निर्माण भइरहेका सुरक्षा निकायका २१६ वटा संरचनामध्ये २१४ को पुनःनिर्माण सम्पन्न भइसकेको छ । भूकम्प प्रभावित विभिन्न जिल्लामा भूकम्पले असर गरेका ७६२ किमी सडक पुनःनिर्माण गर्नुपर्नेमा ५२५ किमी सडक बनेको छ । बाँकी सडकको पुनःनिर्माण यसै आवभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

  • subhayug
  • केन्द्रविन्दु
  • गोरखा
  • बारपाक
  • भूकम्प
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • सर्वोच्चले सच्यायो आफ्नै ‘अनुचित’ निर्णय : चेक बाउन्स अब बैंकिङ कसुर

  • सानिमा बैंकका ग्राहकलाई नमस्ते पे वालेटमा रकमान्तर गर्ने सुविधा

  • मालेकाे निष्कर्ष : अहिलेकै अवस्थामा एमालेसँग एकता हुन सक्दैन

  • उपभोक्तामाथी चौधरी ग्रुपको ठगी : ७५ ग्रामको वाइवाइको १० ग्राम तौल घटायर मुल्य बृद्धी


  • समाचार
  • १

    सर्वोच्चले सच्यायो आफ्नै ‘अनुचित’ निर्णय : चेक बाउन्स अब बैंकिङ कसुर
    १५ घण्टा अघि

  • २

    सानिमा बैंकका ग्राहकलाई नमस्ते पे वालेटमा रकमान्तर गर्ने सुविधा
    २० घण्टा अघि

  • ३

    मालेकाे निष्कर्ष : अहिलेकै अवस्थामा एमालेसँग एकता हुन सक्दैन
    २० घण्टा अघि

  • ४

    उपभोक्तामाथी चौधरी ग्रुपको ठगी : ७५ ग्रामको वाइवाइको १० ग्राम तौल घटायर मुल्य बृद्धी
    १ दिन अघि

  • ५

    ओलीका अनेक रुप : सरकारदेखि अदालतसम्मलाई गाली
    १ दिन अघि

  • ६

    नारायणकाजीलाई माओवादी केन्द्रको कार्यवहाक अध्यक्षको जिम्मेवारी
    १ दिन अघि

  • ७

    ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रम सुरु
    २ दिन अघि

  • ८

    चिनियाँ नागरिक अपहरण प्रकरण : प्रहरी नै अपहरणकारी
    २ दिन अघि

  • ९

    बढ्न थाल्यो कोरोना : चौथो लहरको संकेत !
    ३ दिन अघि

  • १०

    कृषि विकास कार्यालयका सुब्बादेखि हाकिमसम्म कार्यकक्षमै मदिरामा मस्त
    ५ दिन अघि

  • सुभयुग प्रभाव सबै
    sital niwas
    १ हफ्ता अघि

    प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँग राष्ट्रपतिको अन्तरक्रिया : उठाइन् यस्ता सवाल

    सामाजिक सञ्जालबाट
    १

    पूर्व राष्ट्रपतिलाई युद्ध अपराध अभियोग लगाउन आग्रह

    subhayug
    २

    स्पेनमा प्रचण्ड गर्मी : पाँच सय बढीको मृत्यु

    subhayug
    ३

    श्रीलंकामा आज राष्ट्रपति निर्वाचन

    subhayug
    ४

    दुबई भाग्न खोजेका राष्ट्रपतिका भाइ विमानस्थलबाटै फर्काइए

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution