२०८१ आश्विन २५, शुक्रबार
११ वैशाख,काठमाण्डौ – नेपालले त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा नेपालले नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै उपाधि उचालेको हो । नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २३८ रन बनाएको थियो । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो अहिलेसम्मकै उच्च स्कोर हो ।
नेपालका कुशल भुर्तेल र कुशल मल्लले अर्धशतक बनाए । ५३ बल खेलेका भुर्तेलले ८ चौका र ३ छक्काको मद्दतमा ७७ रन बनाए भने मल्लले २४ बलमा २ चौका र ५ छक्काको मद्दतमा ५० रन बनाए । यस्तै दिपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गर्दै १८ बलमा ४८ रन बनाए । उनले ५ चौका र ३ छक्का प्रहार गरे । कप्तान ज्ञानेन्द्र मल्लले तीन चौका र २ छक्काको मद्दतमा ३३ र आशिफ शेखले एक चौका र २ छक्कासहित १६ जोडे । बलिङतर्फ नेदरल्याण्ड्सका फिलिप बोइसेभिएनले दुई र सेबास्टिएन ब्राटले एक विकेट लिए ।
२३९ रनको विशाल लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले निर्धारित १७ ओभर २ बलमा सबै विकेट गुमाउँदै ९६ रन मात्रै बनाउन सक्यो । उसका लागि सेबास्टिएन ब्राटले २६, म्याक्स् ओ’डोडले २२ र कप्तान पिटर सिलारले १३ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् । नेपालका लागि बलिङतर्फ करन केसीले तीन, सन्दीप लामिछाने र कमलसिंह ऐरीले दुई–दुई तथा अविनाश बोहराले एक विकेट लिए विकेट लिए ।
सिरिजमा नेपाल, नेदरल्याण्ड्स र मलेसिया सहभागी थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar