२०८१ आश्विन २५, शुक्रबार
११ वैशाख,काठमाण्डौ – युवा ओपनर कुशल भुर्तेलले आफ्नो शानदार फर्मलाई फाइनलमा पनि निरन्तरता दिएपछि नेपालले नेदरल्यान्ड्सलाई २३९ रनको चुनौतिपूर्ण लक्ष्य पेश गरेको छ ।
टस हारेर पहिले ब्याटिङमा निम्त्याइएको नेपालले निर्धारित २० ओभरको खेलमा नेपालले ३ विकेट गुमाएर २३८ बनायो । प्रतियोगितामा तेस्रोपटक नेपालले २ सय रनको आँकडा पार गरेको हो । कुशलले आफूले खेलेको पाचौं म्याचमा चौंथो अर्धसतक प्रहार गरेका हुन् । ७७ रनको इनिङमा उनले ५३ बलको सामना गर्दै ३ छक्का र ८ चौका हानेका थिए ।
सुरुमा संयमित भएर ब्याटिङ गरेका उनले अर्धसतकको नजिक पुगेसँगै आक्रमक रुप लिएका थिए । भुर्तेलपछि मध्येक्रमका ब्याट्सम्यान कुशल मल्लले पनि विष्फोटक अर्धसतक बनाए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar