२०७९ जेष्ठ १४, शनिबार
११ वैशाख,पोखरा – नेपाली काँग्रेसले गण्डकी प्रदेश संसदीय दलको बैठक बोलाएको छ ।
गण्डकी प्रदेशमा आगामी सरकार गठन र आगामी रणनीतिबारे आज शनिबार दिउँसो आन्तरिक छलफल गर्न संसदीय दलको बैठक बोलाएको काँग्रेसका गण्डकी प्रदेश संसदिय दलले जनाएको छ । नयाँ सरकार निर्माणका लागि भोली आइतबारलाई गण्डकी प्रदेशसभाको विशेष अधिवेशनका आह्वान समेत गरिएको छ । यस विषयमा छलफल गर्न आज काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले आन्तरिक तयारी गर्दै छन् ।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सरकारलाई विस्थापन गरेर गण्डकी प्रदेशमा काँग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा (राजमों) र जसपाबीच समझदारी बनेको छ । उनीहरुसँग बहुमत देखिएकाले नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने निश्चित जस्तै देखिएको छ । काँग्रेसले गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीका रुपमा अगाडि सारेको छ ।
२ बैशाखमा गण्डकीमा काँग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ प्रदेशसभा सदस्यद्वारा हस्ताक्षर गरिएको अविश्वासको प्रस्तावमा नेपालीलाई मुख्यमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तावित गरिएको छ । तीन सांसद रहेको राष्ट्रिय जनमोर्चाले अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरे पनि प्रस्तावको पक्षमै मतदान गर्ने बताइसकेको छ ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह