१० बैशाख,काठमाण्डौ – सरकारले रोकेको एउटै प्रदेशभित्र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा स्थानीय तहका कर्मचारीको सरुवा खुला गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवारको मन्त्रिस्तरीय निर्णयबाट इच्छुक कर्मचारीलाई नियुक्ति पत्र र निवेदन इमेलमार्फत पठाउनका लागि सूचना जारी गरेको हो । स्थानीय तहमा नै स्थायी नियुक्ति भई आफूलाई पायक पर्ने अन्य स्थानीय तहमा कामकाजमा खटिई जान इच्छुक कर्मचारीले निवेदन दिन सक्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव बसन्त अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए ।
जान चाहने र छोड्न चाहने दुवैतर्फको स्थानीय तहको प्रमुख वा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत दुवैको हस्ताक्षर भएको सरुवा भई जान र आउन दिएको सहमति पत्र, स्थानीय तहका भएको नियुक्ति पत्र र कामकाजको लागि अनुरोध गरी दिएको निवेदन संलग्न गरी निवेदन दिन सकिने उनले बताए ।
उनका अनुसार निवेदन वैशाख २० गतेसम्म मन्त्रालयमा इमेलमार्फत पठाउन सकिने छ, बैशाख २० गते भन्दा पछि निवेदन दिने कर्मचारीको विषयमा कुनै कारबाही प्रक्रिया अघि बढ्ने छैन । मन्त्रालयका प्रवक्ता अधिकारीले भने, ‘सरुवासँग सम्बन्धित निवेदन भौतिक रुपमा मन्त्रालयमा दर्ता हुदैँन र बुझिदैन । त्यसैले अनिवार्य रुपमा इमेलमार्फत पठाउनुपर्ने छ।’ उनले थप्दै भने, ‘ अहिलेसम्म मन्त्रालयमा दर्ता भएका वा इमेल गरिएका निवेदनमाथी यस अघि कै कागजातका आधारमा आवश्यक निर्णय गरिने छ । त्यसैले पुनः इमेल गरी रहनु पर्दैन् ।’
प्राप्त निवेदन तथा अन्य आवश्यक कागजात अध्ययन गरी आवश्यकता र प्राथमिकताको आधारमा कामकाजसँग सम्बन्धी निर्णय क्रमशः गरिने र कामकाजमा खटाइएको पत्र विद्युतीय माध्यममार्फत नै सम्बन्धित व्यक्ति वा कार्यालयमा पठाइने र मन्त्रालयबाट पत्र उपलब्ध गराइनेभएकोले व्यक्ति मन्त्रालयमा उपस्थित हुन नपर्ने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले लोक सेवा आयोगमा पदपूर्तिका लागि माग गरिएका, समायोजन संशोधनमार्फत पदपूर्ति भएका, एउटा पदको लागि एकभन्दा बढी सहमति प्रदान गरिएका पदहरूमा काज काजमा नखटाइने स्पष्ट पारेको छ । विगतमा सहमति प्रदान गरिएको भए पनि अहिले कामकाजको लागि नखटाई दिन अनुरोध भएमा स्थानीय तहमासमेत कर्मचारी नखटाइने अधिकारीले बताए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar