२०७९ जेष्ठ ११, बुधबार
१० बैशाख,काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच बिहीवार ‘डिनर मिटिङ’ भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार राति अध्यक्ष ओलीसहित गौतम, कानुनमन्त्री लिलानाथ श्रेष्ठ र एमालेका प्रमुख सचेतक विशाल भट्टराई सहभागी भएर ‘डिनर मिटिङ’ गरेका हुन् । भेटवार्ताका क्रममा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले गौतमलाई पार्टीमा आफ्नो समुहमा फर्किएर आफुलाई सहयोग गरी बरिष्ठ नेता नेपाललाई कमजोर बनाउन आग्रह गरेका थिए । ओलीले नेता गौतमलाई पार्टीको काममा फर्कियर आफूसँग सहकार्य गर्न भन्दै पटक पटक आग्रह गरेका थिए । त्यस्तै ओलीले घुमाउरो शैलीमा भने माधव नेपाललाई कमजोर बनाउनुपर्ने भन्दै नेता गौतमलाई सहयोग गर्न आग्रह गरेका थिए ।
तर नेता गौतमले भने ओलीलाई यथाशिघ्र पार्टी मिलाउन सुझाएका थिए । तपाईकै कारण आजन पार्टी यो स्थानमा आयो, पार्टी ध्वस्त पार्न अग्रमोर्चामा खडा हुनुभयो आफुपनि सक्कनुभयो हामी नेता कार्यकर्ताहरुलाई पनि कमजोर बनाउन लाग्नुभयो, अनि दोषजति मेरो टाउकामा थुपार्नुभयो । तपाँई सच्चीनुस् माफी मागेर आउनुस् नेता गौतमले भने । त्यस्तै श्रोतका अनुसार नेता गौतमले गत फागुन २८ गतेको निर्णय फिर्ता लिन समेत ओलीलाई आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले फागुन २८ गते फर्कन नसक्ने बताएका थिए ।
अध्यक्ष ओलीले फागुन २८ गते फर्कन नसक्ने जवाफ दिएपछि त्यस्तै नेता गौतमले पनि तपाँईसंग सहकार्य गर्न सकिँदैन भन्दै डिनर मिटिङको कुनै अर्थ नरहेको प्रतिक्रिया दिएका थिए । ‘डिनर मिटिङ’ बीचैमा छाडेर हिँडेको नेता गौतमलाई ओलीसंगै रहेका कानुनमन्त्री लिलानाथ श्रेष्ठ र एमालेका प्रमुख सचेतक विशाल भट्टराईले समेत रोक्ने प्रयास गरेका थिए ।
निहरुले पनि ओलीलाई सहयोग गर्न भन्दै बिन्ती बिसाएका थिए तर पार्टी बिभाजनलाई बढावा दिन राखिएको मिटिङको कुर्नै महत्व नरहेको भन्दै पछि आफू बालुवाटारबाट ‘डिनर मिटिङ’ बीचैमा छाडेर हिँडेको नेता गौतम निकट श्रोतले बतायो ।
त्यस्तै उनले भनेका छन्- ‘असंवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरेंँ । उहाँले ती निर्णय फिर्ता हुँदैन भन्नुभयो । त्यसो भए म तपाईंसँग आउन पनि सक्दिनँ भनेर जवाफ दिएँ । डिनर चल्दै थियो नमस्कार गरेर म बिदा भएँ ।’
नेकपा एमालेभित्रको विवाद चरम उत्कर्षमा पुगेको समयमा बिहीवार राति ओली र गौतमबीच भेटवार्ता भएको हो । त्यसअघि अध्यक्ष ओलीले बिहीवार दिउँसो नेता माधव कुमार नेपालसँग काठमाण्डौको एक होटलमा २ घण्टा ‘वान टू वान’ छलफल भएको थियो ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह