२०८१ आश्विन २७, आईतबार
१० बैशाख,काठमाण्डौ – रिलायन्स फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ८ करोड ६८ लाख ३४ हजार रुपैयाँ आजर्न गरेको छ ।
गतआर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ६ करोड ३२ लाख ४१ हजार रुपैयाँ आर्जन गरेको थियो । गत आवको तुलनामा चालु आवको यस अवधिमा कम्पनीको खुद नाफा ३७.३१ प्रतिशत बढेको हो ।
कम्पनीको खुद ब्याज आम्दानी गत आर्थिक बर्षमा १६ करोड रुपैयाँ रहेकोमा चालु आवको यस अवधिमा ३३.०६ प्रतिशतले घटेर १० करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, चालु आवको यस अवधिमा अन्य सञ्चालन आम्दानी ३९ लाख रुपैयाँबाट बढेर १३ करोड ६८ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, फाइनान्सको वितरणयोग्य मुनाफा गत आवको यस अवधिमा ९६ लाख ५२ हजार रुपैयाँ रहेकोमा चालु आवमा १०१८.७२ प्रतिशतले बढेर १० करोड ७९ लाख रुपैयाँ पुगेको छ । गत आवको यस अवधिमा सञ्चालन मुनाफा ९ करोढ ३ लाख रुपैयाँ रहेकोमा ३७.३१ प्रतिशतले बढेर समीक्षा अवधिमा सञ्चालन मुनाफा १२ करोड ४० लाख रुपैयाँ पुगेको छ ।
फाइनान्सको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ७८ पैसा बढेर १३ रुपैयाँ ९१ पैसा पुगेको छ । फाइनान्सको मूल्य आम्दानी अनुपात २१.०७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ३२ पैसा रहेको छ । फाइनान्सको चुक्ता पूँजी स्थिर छ भने जगेडा कोष ९४.११ प्रतिशत, निक्षेप १८.४५ प्रतिशत र कर्जा १६.३९ प्रतिशत बढेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar