९ बैशाख,काठमाण्डौ – कोभिड-१९ महामारी विरुद्धको खोप व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयले सरकारसंग ३३ अर्ब रुपैयाँ माग गरेको छ।
स्वास्थ्य मन्त्रालयसँग गरेको पूर्वबजेट छलफलमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले ७२ प्रतिशत जनसंख्यालाई कोरोना खोप उपलब्ध गराउन ३३ अर्ब लाग्ने निष्कर्ष दिएका छन् । कोरोना खोपका लागी हालसम्म ४८ अर्ब रुपैयाँ खर्च भइसकेको बताउँदै आगामी आर्थिक वर्ष २०७८/७९ मा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि खर्च हुने अन्य रकम बाहेक खोप किन्ने प्रयोजनका लागि मात्र मन्त्रालयलाई ३३ अर्ब रुपैयाँ आवश्यक पर्ने उल्लेख गरे ।
मन्त्रालयले कोभिड खोप पाउन योग्य जनसंख्या दुई करोड १५ लाख रहेकोमा दुईपटकसम्म खोप उपलब्ध गराउनका लागि ४८ अर्ब रुपैयाँ बराबर लागत अनुमान समितिलाई जानकारी गराएको छ। त्यसमध्ये ३३ अर्ब रुपैयाँ बजेटमार्फत् विनियोजन हुनुपर्ने मन्त्रालयको माग छ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar