• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ २५, बुधबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नयाँ चलचित्रको तयारीमा नीता

१५ घण्टा अघि
२

रसुवा बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री ओली

१६ घण्टा अघि
३

धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

२१ घण्टा अघि
४

धादिङको त्रिशूली नदी किनारमा २ जनाको शव फेला

२२ घण्टा अघि
५

रसुवादेखि धादिङको वेनिघाटसम्म सतर्कता अपनाउन आग्रह

२२ घण्टा अघि
६

आज पनि रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिष्कार

१ दिन अघि
७

प्रधानमन्त्री ओलीले आह्वान गरे मन्त्रिपरिषद बैठक

१ दिन अघि
८

भोजपुर चार जनाको हत्या घटना : शव फरेन्सिक परीक्षण गर्न धरान पठाइयो

१ दिन अघि
९

चिकित्सक संघको आन्दोलन : देशभरका अस्पतालमा इमर्जेन्सीबाहेकका सेवा ठप्प

१ दिन अघि
१०

क्यापिटल क्विनको उपाधि करुणालाई

१ दिन अघि
११

एकीकृत समाजवादीका सम्मानित नेता खनाल चिन प्रस्थान

१ दिन अघि
१२

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिँदै

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • silver ray १

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    ४ हफ्ता अघि
  • press met २

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    २ हफ्ता अघि
  • dipendra das ३

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    ४ हफ्ता अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 ४

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    १ हफ्ता अघि
  • keshab shrestha ५

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    ३ हफ्ता अघि
  • rajendra ६

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    १ हफ्ता अघि
  • skt mak ७

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    १ हफ्ता अघि
  • apanga sangh programme 2 ८

    हेटौंडामा अपाङ्गता सूचना केन्द्र संचालन र व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    ४ हफ्ता अघि
  • arun tiwari and durge ९

     दुर्गेशले अस्ट्रेलियामा दुस्मन हेरेको हेर्यै टुर गर्ने

    १ हफ्ता अघि
  • charaudi १०

    धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

    २१ घण्टा अघि
  • प्रदेश नं. १ र बागमती दुवै मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी : काँग्रेस – माओवादीबीच यस्तो सहमति

    न्युज डेस्कप्रकाशित मिति: २०७८ बैशाख ७, मंगलबार (४ साल अघि)
  • ११५९ पाठक संख्या
  • 1 and bagmati

    ७ बैशाख,काठमाण्डौ – प्रदेश १ र बागमती प्रदेशमा पनि दुवै मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेगरी तयारी तयारी थालियको छ ।

    नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले प्रदेश १ र बागमती प्रदेशमा सरकार परिवर्तनका लागि सहकार्य गर्नेगरी छलफल थालेका हुन् । दुवै प्रदेशको सरकार परिवर्तनका लागि प्याकेजमा सहमति खोज्न केन्द्रीय तहमै छलफल भइरहेको श्रोतले जनाएको छ । दुवै प्रदेशमा नेकपा एमाले ओली समुहको नेतृत्वको सरकार छ । दुवै प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने योजना बनाएका दुवै दलले एमाले नेतृत्वको सरकार विस्थापित गर्ने साझा लक्ष्य बनाएको बताइएको छ ।

    काँग्रेस र माओवादी केन्द्रबीच कुन प्रदेशमा कसले नेतृत्व गर्ने भन्नेबारे सहमति हुन बाँकी रहेको स्रोतको दावी छ । सरकारको नेतृत्व बाँडफाँटको विषय वैशाख २० गतेभित्रै टुङ्ग्याउने र मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भईरहेको माओवादी केन्द्र निकट स्रोतले बतायो । ‘अहिलेसम्मको छलफलमा प्रदेश १ मा सरकारको नेतृत्व माओवादी केन्द्रलाई दिने र बागमती प्रदेशको नेतृत्व काँग्रेस गर्ने गरी छलफल भईरहेको छ,’ स्रोतले भन्यो, ‘तर यही अन्तिम निष्कर्ष भने होइन, यो विषयलाई टुङ्ग्याउन थप छलफल जारी छ ।’

    नेपाली काँग्रेसले बागमती प्रदेश सरकारको नेतृत्व लिन चासो देखाएको बताइन्छ । काँग्रेस सभापति शेरबहादुर देउवा निकट मानिने सांसद इन्द्र बानियाँलाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरी अविश्वास प्रस्ताव दर्ता गर्ने र प्रदेश १ मा माओवादी केन्द्रबाट प्रस्तावित मुख्यमन्त्री तोकेर अविश्वास प्रस्ताव ल्याउन प्याकेजमा सहमति खोज्न काँग्रेस सकारात्मक देखिएको स्रोत बताउँछ ।

    तर बागमती प्रदेशमै माओवादी केन्द्रका प्रभावशाली नेता शालिकराम जमरकट्टेलले पनि नेतृत्वका लागि दावी गर्दै आएका छन् । त्यसैले काँग्रेसलाई प्रदेश १ को नेतृत्व दिने र बागमती प्रदेशमा आफूले नेतृत्व लिनेगरी माओवादी केन्द्रले काँग्रेससँग सहमति खोजिरहेको बताइन्छ ।

    यी विषयलाई प्याकेजमा टुङ्ग्याएर अघि बढ्ने दिशामा केन्द्र तहमै दुई दलबीच छलफल भइरहेको स्रोत बताउँछ ।
    माओवादी निकट स्रोतले भन्यो, ‘अब कुन प्रदेशमा सरकारको नेतृत्व कसले लिने, एमालेभित्रकै खनाल – नेपाल पक्षका सांसदहरुको साथ लिनका लागि कसरी सहमति गर्ने लगायतका विषयलाई एकसाथ सम्बोधन गरेर अघि बढ्ने तयारी भईरहेको छ ।’

    त्यस्तै प्रदेश १ मा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने अवस्था आएमा माओवादी केन्द्रको संसदीय दलका नेता एवं पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गर्ने र काँग्रेसले नेतृत्व गर्ने अवस्था आएमा काँग्रेस संसदीय दलका नेता राजीव कोइरालालाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गर्ने तयारी छ । प्रदेश १ र बागमती प्रदेशमा एमाले नेतृत्वको सरकार रहे पनि कर्णाली प्रदेश प्रकरणमा एमालेकै सांसदले फ्लोर क्रस गरेर ओली पक्षलाई पाखा लगाइदिएको अवस्थामा अन्य प्रदेशमा पनि काँग्रेस र माओवादी केन्द्रले एमालेको असन्तुष्ट पक्षलाई साथ लिएर सरकार परिवर्तनको पहल थालेका हुन् ।

    प्रदेश १ मा ९३ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रले एक सांसदलाई कारवाही गरेपछि ९२ सांसद कायम छन् । बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक रहनेमा सत्तारुढ एमालेसँग ५१ सांसद छन् । तर एमालेभित्र खनाल–नेपाल पक्षका २० सांसद छन् । मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा खनाल–नेपाल पक्षका केही सांसदले कर्णाली प्रदेशमा झैं फ्लोर क्रस गरेमा शेरधन राईको नेतृत्वको सरकार ढल्ने देखिन्छ । तसर्थ प्रदेश १ मा एमालेभित्रकै खनाल–नेपाल पक्षका सांसद पनि सरकार परिवर्तनका लागि निर्णायक शक्तिका रुपमा उभिएका छन् ।

    प्रदेशसभामा नेपाली काँग्रेसको २१ र माओवादी केन्द्रका १५ र जसपासँग ३ र अन्य राप्रपा र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग १–१ जना सदस्य छन् । अविश्वास प्रस्ताव दर्ता भए खनाल–नेपाल समूहका ७–८ जना एमाले सांसदले फ्लोर क्रस गर्ने काँग्रेस र माओवादी केन्द्रको अपेक्षा छ । एमालेका खनाल–नेपाल पक्षका सांसद राजेन्द्रकुमार राईले परिस्थितिले आफूहरुलाई पनि कर्णालीमा जस्तै सहयोग गरेर जानुपर्ने अवस्था ननिम्त्याउला भन्न नसकिने बताए ।

    प्रदेश १ का काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले दलको बैठकमा सरकार परिवर्तनका विषयमा छलफल भएको स्वीकार गर्दै सहकार्यका लागि माओवादी केन्द्रसँग छलफल थालिएको बताए । ‘अहिलेको सरकार गैरजिम्मेवार बन्दै जाँदा प्रदेश आर्थिक रुपमा कमजोर बनेको छ,’ कोइरालाले भने, ‘परिस्थितिले सरकारको विकल्प खोज्न बाध्य गराएको छ ।’ माओवादी केन्द्र र काँग्रेसबीच केही मुद्दामा सहकार्य हुँदै आएको उल्लेख गर्दै उनले सरकार परिवर्तनका लागि पनि सहकार्यको सम्भावना खोजी भइरहेको बताए ।

    केन्द्रबाटै प्याकेजमा सहमति गरी प्रदेश सरकारको विकल्प खोज्न आफुहरुले सुझाएको कोइरालाको भनाइ छ । तर उनले अहिलेको सरकारको विकल्प खोज्न  अर्थात् मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव लैजान सबैभन्दा पहिला माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता हुनुपर्ने बताए ।

    प्रदेश १ मा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले मुख्यतः काँग्रेसले सरकारको विकल्प खोज्ने विषयमा अग्रसरता देखाएकाले दुई दलबीच छलफल भईरहेको बताए । उनले केन्द्र र प्रदेश सरकारमा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव लैजाने प्रक्रिया अघि बढ्न नसकेको स्वीकार गरे । सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा पार्टी केन्द्रलाई पत्र लेख्ने तयारी भईरहेको उनको भनाइ छ । त्यसपछि सरकार परिवर्तनका लागि दुई दल आपसमा सहकार्यका साथ अघि बढ्ने उनले बताए ।

    काँग्रेस र माओवादी केन्द्रबीच सरकार परिवर्तनका बारेमा गम्भीर छलफल हुँदै आए पनि अर्को विपक्षी दल जनता समाजवादी पार्टीसँग भने दुवै दलले छलफल गरेका छैनन् । जनता समाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादवले सरकारको विकल्प खोज्ने बारेमा अन्य दलसँग अहिलेसम्म छलफल नभएको बताए । तर सरकारको व्यवहारले प्रदेशमा सरकार परिवर्तनको आवश्यकतालाई बढाएको उनको भनाइ छ ।

    साविकको नेकपा दुई समूहमा विभाजित हुँदा प्रचण्ड – माधव समूहले प्रदेश १ मा मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । तर सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि २३ चैतमा अविश्वासको प्रस्ताव फिर्ता लिइएको थियो ।

  • subhayug
  • प्रदेश १
  • प्रभावशाली नेता
  • बागमती प्रदेश
  • माओवादी केन्द्र
  • शालिकराम जमरकट्टेल
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • नयाँ चलचित्रको तयारीमा नीता

  • रसुवा बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री ओली

  • धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

  • धादिङको त्रिशूली नदी किनारमा २ जनाको शव फेला


  • समाचार
  • १

    नयाँ चलचित्रको तयारीमा नीता
    १५ घण्टा अघि

  • २

    रसुवा बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री ओली
    १६ घण्टा अघि

  • ३

    धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो
    २१ घण्टा अघि

  • ४

    धादिङको त्रिशूली नदी किनारमा २ जनाको शव फेला
    २२ घण्टा अघि

  • ५

    रसुवादेखि धादिङको वेनिघाटसम्म सतर्कता अपनाउन आग्रह
    २२ घण्टा अघि

  • ६

    आज पनि रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिष्कार
    १ दिन अघि

  • ७

    प्रधानमन्त्री ओलीले आह्वान गरे मन्त्रिपरिषद बैठक
    १ दिन अघि

  • ८

    भोजपुर चार जनाको हत्या घटना : शव फरेन्सिक परीक्षण गर्न धरान पठाइयो
    १ दिन अघि

  • ९

    चिकित्सक संघको आन्दोलन : देशभरका अस्पतालमा इमर्जेन्सीबाहेकका सेवा ठप्प
    १ दिन अघि

  • १०

    क्यापिटल क्विनको उपाधि करुणालाई
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    एलन मस्कले खोले नयाँ राजनितिक दल

    subhayug
    २

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

    subhayug
    ३

    जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    subhayug
    ४

    तेलंगानाको औषधि उद्योगमा भीषण विष्फोट, ३४ जनाको मृत्यु

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution