७ बैशाख,रुपन्देही – रुपन्देहीमा एकै दिन ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सोमवार, रुपन्देहीका तीन र अन्य जिल्लाका तीन गरि छ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । भैरहवास्थित युसीएमस कोभिड अस्पताल युनिटमा ४ जना र बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा २ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै, मृत्यु हुनेमा बुटवल ८ रुपन्देहीकी ६५ वर्षीय महिला र बुटवल १३ की ७९ वर्षीय महिला, महरागंज कपिलवस्तुका ५२ वर्षीय, झिमरुक प्युठानका ५८ वर्षीय, रानीगंज मोतिपुर रुपन्देहीका ३८ वर्षीय र स्वर्गद्वारी प्युठानका ४८ वर्षीय पुरुष रहेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar