५ बैशाख,काठमाण्डौ – पार्टी विवाद निरुपण गर्न माग गर्दै नेकपा एमालेको झलनाथ खनाल र माधव कुमार नेपाल पक्ष पुन निर्वाचन आयोग पुगेको छ ।
आज आइतबार पार्टीका नेता द्धय डा. बेदुराम भुषाल र राजेन्द्र प्रसाद पाण्डेसहितको टोली आयोग पुगेर पार्टी विवाद निरुपण गर्न माग गर्दै पत्र बुझाएको हो ।
सो पक्षले आयोगलाई बुझाएको पत्रमा गत फागुन २३ पछि एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले एकपक्षीय ढंगले गरेका निर्णयहरु अभिलेखिकरण नगर्न माग गरिएको छ ।
पार्टीको विधानअनुसार नचलेर पार्टीमा हुदै नभएको व्यवस्था गरेर विवाद सिर्जना गर्ने काम भयो । खासगरी महाधिवेशनबाट पारित विधान संशोधन गर्ने, निर्वाचित कमिटि भंग गर्ने अनि महाधिवेशन आयोजक कमिटि बनाउने र केन्द्रीय कमिटि विस्तार लगायतका जे जे कुरा भएका छन् ति सवै अवैधानिक छन् भनेर पुन आयोगलाई जानकारी गराउन आयोग गएका हौ’, नेता राजेन्द्र पाण्डेले बताए।
नेता पाण्डेका अनुसार पत्र बुझ्दै आयोगका पदाधिकारीहरुले अध्ययन गरेर जवाफ दिने बताएका थिए । सो पक्षले आयोगमा बुझाएको पत्रको दर्ता नम्बर १२०८ रहेको छ । सर्वोच्च अदालतले गत फागुन २३ गते गरेको फैसलापछि माओवादी र एमाले पुर्ववत अवस्थामा फर्किए पनि अध्यक्ष ओली पार्टी विधान विपरित एकपक्षीय निर्णय गर्दै अघि बढेकोमा खनाल नेपाल पक्ष असन्तुष्ट छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar