२०८१ आश्विन २५, शुक्रबार
५ बैशाख,सुर्खेत – कर्णली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मतप्राप्त गरेसँगै मन्त्रिपरिषद् हेरफेर गरेका छन् ।
मन्त्रिपरिषद् हेरफेरमा उनले एमालेको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरेर आफूलाई विश्वासको मत दिने सांसदहरू नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई मन्त्री पद उपहार दिएका हुन् ।
मुख्यमन्त्रीको सचिवालय श्रोतका अनुसार मुख्यमन्त्री शाहीले बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, थापालाई भौतिक पूर्वाधार विकास मन्त्री र शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनाएका छन् । एमालेका ४ सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएसँगै शाहीको मुख्यमन्त्री पद जोगिएको थियो । उनलाई एमाले सांसद प्रकाश ज्वालासहित चार सांसदले विश्वासको मत दिएका थिए ।
फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएपछि एमालेले चारै जनालाई कारबाही गरेको छ । बुढा, थापा र शाहीलाई साधारण सदस्य र सांसदसमेत नहरने गरी पार्टीबाट एमालेले निष्कासित गरेको छ भने ज्वालालाई निष्कासित गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar