• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० जेष्ठ १६, मंगलबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली subhayug.com धादिङ मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता

१० घण्टा अघि
२

नवलपुर प्रहरीले बेच्यो बरामद गरिएका दुई सय ७१ सवारीसाधन

१० घण्टा अघि
३

झण्डै साढे ४ करोड भ्रष्टाचार गरेको भन्दै गुणस्तर तथा नापतौल कार्यालयका पूर्ववरिष्ठ निरीक्षकविरूद्ध मुद्दा दायर

१० घण्टा अघि
४

सेयर बजार राताम्मे

११ घण्टा अघि
५

Why Traditional Dating Will Always Overcome Away Algorithms

११ घण्टा अघि
६

‘अखण्ड भारत’को नक्साबाट नेपाल हटाउ भन्न नसके प्रधानमन्त्री किन भारत जानेः ओली

११ घण्टा अघि
७

बजेट कार्यान्वयनमाथिका शंका कामबाट हटाइने अर्थमन्त्री महतको दाबी

११ घण्टा अघि
८

अब हवाई यात्रा गर्दा कोभिड खोप लगाएको प्रमाण नचाहिने

११ घण्टा अघि
९

The Must-Know Tips For an incredible Union

१२ घण्टा अघि
१०

महोत्तरीको एनएमबि बैँकमा लुटपाट

१२ घण्टा अघि
११

दरबार हत्याकाण्ड र गौर हत्याकाण्डको अनुसन्धान गर्छुः प्रधानमन्त्री

१२ घण्टा अघि
१२

नेटफ्लिक्समा पासवर्ड सेयरिङ सुविधा बन्द, पासवर्ड सेयर गर्नुपरे अतिरिक्त शुल्क लाग्ने

१२ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • jagati licence seting १

    आर्थिक चलखेल गरी जगती यातायात कार्यालयमा ऐन विपरित निजी ट्रायल सेन्टरलाई लाईसेन्स परीक्षाको अनुमति

    १ हफ्ता अघि
  • rajendra sir photo २

    निती तथा कार्यक्रम फिर्ता लिनुपर्ने र पुर्नलेखन गर्नुपर्ने आवश्यकता छैन : सांसद पाण्डे

    १ हफ्ता अघि
  • tek narayan pande ३

    भुटानी शरणार्थी प्रकरण : पक्राउ पर्नुअघि नै पूर्व गृहसचिव पाण्डेले मोबाइल फर्म्याट गरेको खुलाशा

    ३ हफ्ता अघि
  • top ४

    एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ : प्रहरीले गोप्य राख्यो सुचना

    ३ हफ्ता अघि
  • EPS-korea-nepal ५

    ईपीएसमार्फत कोरिया जाँदा बढी भाडा तिर्नुभो ? अव एसरी गर्नुहोस् उजुरी !

    ३ हफ्ता अघि
  • nepse ६

    नेप्से निरन्तर घट्दो : कारोबार खुम्चियो

    ३ हफ्ता अघि
  • simrik heli crash ७

    सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना

    ३ हफ्ता अघि
  • bhutani saranarthi ८

    नक्कली शरणार्थी प्रकरणमा अभियुक्तहरुको बयान : सिंहदरबार र बालुवाटार नै करोड – करोडका लेनदेन गर्ने अखडा

    ६ दिन अघि
  • rajendra silwal ghayal ९

    सलाङघाट

    १ हफ्ता अघि
  • kp oli rajesh १०

    शरणार्थी प्रकरणमा पार्टीको नाम जोडिएपछि झस्कियो एमाले

    ६ दिन अघि
  • आफ्नै बुबाबाट यस्तो समस्या भोग्दै छोरी -लघुकथा

    सुजन कडेलप्रकाशित मिति: २०७८ बैशाख ७, मंगलबार (२ साल अघि)
  • २४४६ पाठक संख्या
  • laghu katha

    उनको नाम चन्दा उप्रेती हो। सबैले उनलाई माया गरेर चमेली भनेर बोलाउछन। भर्खर कक्षा दशको प्रथम त्रैमासिक परिक्षा दिएर नतिजाको पर्खाइमा रहेकी चन्दा हिजो आज आमालाई घरको काममा सघाइरहेकी छिन।

    चन्दाको परिवारमा जम्मा चार जना छन्, ती हुन आमा, बुबा र आफुभन्दा सात वर्ष कान्छि बहिनी लिना। सानो परिवार सुखि साथ रमाइरहेका छन तर घरको आर्थिक अवस्था र बुबाको खराब बानीका कारणले चन्दाको दिनचर्या र उनको सोचाइ कसरी जीवन बिताउने र सफल बन्ने भन्ने कुरामा चिन्ता लिएरनै बित्ने गर्दछ। आर्थिक दृष्टिकोणबाट हेर्दा न्यून आय स्तरको परिवार भएतापनि चमेली केही बन्न चाहान्छिन र सुखि जीवन बिताउने संकल्प लिन्छिन। चमेलीको पढाइ र पढाइको नतिजा अपेक्षा उन्मुखनै रहेको हुन्छ।

    आमा घरको काममा व्यस्त भएको बेला चमेली बहिनीलाई भुलाउने र बहिनीको रेखदेखमा समय व्यतीत गर्छिन् । दमको रोगको सिकार बनेकी उनको आमा गार्‍हो र अफ्ट्यारो काम गर्न असमर्थ छिन। आमा र बहिनीको बारेमा सोचेर केही हदसम्म दुखि बनेकी चमेली कतै घरको कामले आफ्नो पढाइमा असर पर्ने त होइन भन्ने चिन्ता लिइरहन्छिन।

    चमेली एक सामान्य व्यक्ति हुन । उनी देखावटी रुपमा तडकभडक गर्ने भन्दा आफ्नो ज्ञानको भण्डार तिव्र रुपमा वृद्धि गरि सबल र सक्षम बन्न चाहान्छिन। चमेली आमासँग खुलस्त रुपमा खुलेर बोले पनि बुबासँग भने नजिक पर्न समेत डराउछिन। बुबा हरेक सन्तानका लागि प्रेरणाको स्रोत बन्न पर्ने हो। बुबाको संघर्षको कथाले हरेक सन्तानलाई उत्प्रेरित गर्न पर्ने हो तर चमेलीको हकमा त्यसको ठिक बिपरित भएको छ। आफ्नो बुबाको दैनिकी र हरेक क्रियाकलापले चमेलीको मन मष्तिष्कमा नराम्रो असर पारेको छ।

    चमेली धेरै पहिलेदेखि बुबाको बारेमा नकारात्मक धारणा राख्ने भएकी भने पक्कै पनि होइन। आफ्नो बुबालाई सम्मान गर्ने र आफ्नो परिवारको वास्तविक अवस्थामा रमाउने बानी परिसकेको चमेली केही समय अघि घटेको एउटा घटनाको कारणले बुबाप्रति नकारात्मक र नराम्रो धारणा बनाउन बाध्य भएकी थिइन ।

    आजभन्दा करिब दुई महिना अघिको कुरा हो। चमेली आफ्ना पन्ध्रौं जन्मदिनको संघारमा रहेकी थिईन । जन्मदिन नजिकिदै गर्दा उनका नजिकका साथीहरू शर्मिला, शोभा, उन्नती, संगिता लगाएत सबैजना उत्साहित भएका थिए। चमेलीको जन्मदिनको अवसरमा सबैजना मिलेर जमघट गर्ने र आशिर्वाद र मायाको चिनो प्रदान गर्ने योजना बनाएका थिए।

    चमेली साथीहरूको कुरालाई अस्वीकार गर्नु पक्षमा त थिइनन् तर स्वीकार गरेर पनि साथीहरूले भने बमोजिम को कार्यक्रम गर्न कत‌ै असमर्थ हुने त होइन भन्ने शंकामा रहेकी थिइन । त्यतिकैमा उनका साथीहरूले जन्मदिनको अघिल्लो दिन भेटेर सल्लाह गर्दै सामान्य रुपमा मनाउने भन्दै चमेलीलाई समेत उत्साहित बनाए। त्यसको लागि आवश्यक पर्ने खर्च साथीहरू सबै मिलेर गर्ने भनी सम्झाउदा चमेली खुसि भइन्।

    हतारमा घर जाँदै आफ्नो र साथीहरूको योजनाको बारेमा सबिस्तार बर्णन गर्दै आमासँग उक्त कार्यक्रमको लागि स्वीकृति समेत लिइन् । आमाले उनलाई सम्झाउदै, बुबालाई यस्तो गरेको अलि मन पर्दैन त्यसैले धेरै खर्च नगरी, साथीहरू सँग मिलेर, हैसियत अनुसारको कार्यक्रम गर्नु भन्छिन। आमाको कुराले खुसि हुँदै आमाप्रती माया जनाउँदै उनी थप अध्ययन गर्न तर्फ लाग्छिन्। आँखा किताबको पानामा भएतापनि उनको ध्यान भने भोलीको जन्मदिनमा मात्र गइरहेको थियो ।

    साथीहरूको सल्लाह बमोजिम सबैजना ठिक समयमै चमेलीको घरमा आइपुगे । शर्मिला र उन्नती भने केही समय अघिनै आएर खानेकुरा बनाउनमा व्यस्त थिए। चमेली निलो रङको कुर्ता सुरुवालमा सजिएर बसेकी थिइन् । बहिनीलाई समेत बनाएर राखेकी उनले खुसि हुँदै सबैजना लाई स्वागत गर्दै थिइन् ।
    आमासँग कुरा गर्दै चमेली अब जन्मदिनको कार्यक्रम मनाउन सुरु गरौँ कि भनेर अनुमति लिने तर्खर गर्दै थिइन। आमाले पुर्व तयारीका बारेमा जानकारी लिदै तत्काल सुरु गरौ कि नगरौ भन्ने बिषयमा केही बेर सोचेर भनिन स( ूएकछिन पर्ख तिम्रा साथीहरू त सबैजना आएका छन तर बुबा आउनु भएको छैन। बुबा आउनु भएपछि कार्यक्रम सुरु गर्नुपर्छ।
    ू
    आमाले बुबाको कुरा गरेको देखेर चमेली खुसि हुँदै भन्छिन स( ू हुन्छ आमा बुबा आउनु भएपछि मात्र कार्यक्रम सुरु गरौ बरु बुबा त्यतिबेला सम्म बुबालाई आकर्शित पार्न अझै बढि सजावट गरौला। चमेली, उनकी आमा र साथीहरू सबैजना बुबाको पर्खाइमा हुन्छन र छिट्टै कार्यक्रम सुरु गर्ने आशामा सजावटका सामानहरु अझै बढी उत्कृष्ट रुपमा सजाउदै एकापसमा मिठा मिठा कुरा गर्दै समय व्यतीत गर्छन्। करीब दुई घण्टाको प्रतीक्षा पश्चात् चमेलीको बुबा घरमा आइपुग्छन । सधैझै नियमित काम गरेर घर फर्केका उनी आज भने केहि मात्रामा मादक पदार्थ सेवन गरी घरमा आएका थिए।

    घरमा आइपुग्ने बितिक्कै छोरी र उनका साथीहरू देखेर चकित पर्दै चमेलीका बुबा सोध्छन् स ू आज यो घरमा के हुँदै छरु किन यतिका धेरै मान्छेहरुरु कसले बोलाएर आएको होरु ू यसरी बोल्दै गर्दा उनी केही मात्रामा हल्लिदै र अफ्ट्यारो महशुस गर्दै बोलेका थिए। बुबाको अनेकौं प्रश्न सुनेर दिक्क मान्दै चमेली भन्छिन् स ू बुबा आज मेरो जन्मदिन हो। बिहानै भन्छु भनेको हजुर छिट्टै काममा निस्कनु भयो भन्न समय मिलेन । अनि उनीहरू चाहिँ मेरा साथीहरू मेरो जन्मदिन मनाउन भनेर आएका।

    डराउदै डराउदै छिट्टै यतिका कुरा भनेर चमेली बुबालाई सम्झाउन खोज्छिन तर बुबाले उनको कुरा सुने नसुनेझै गरेर भन्छन् स् ू जन्मदिन हो भन्दैमा दुनियाँलाई बोलाउन पर्छरु भए नभएको खर्च गर्नु पर्छरु तेरा साथीहरूलाई किन बोलाइस्रु किन रमिता देखाउन देखाउन पर्योरु तैले मैले दुख गरेर कमाएको पैसा भ्याउन यो सब किन गरिस्रु मलाई एकपटक पनि किन सोधिनस्रु तेरो यत्रो हिम्मत कसरी आयोरु

    मादक पदार्थको झोकमा एकै सासमा छोरीलाइ गाली गरेको देखेर चमेलीकी आमा उनलाई सम्झाउने प्रयासमा बोल्छिन् स ू हेर्नुस् छोरी र उनका साथीहरू रहरले कार्यक्रम गरेका हुन् , यसमा सबैले मिलेर खर्च गरेका छन्, केवल साथीहरू मिलेर रमाइलो मात्र गर्न खोजेका हुन्, हजुर किन रिसाउनु हुन्छरु हजुरलाइ गार्हो भएको जस्तो छ, जानुहोस केही समय आराम गर्नुहोस् तर छोरीलाइ गाली नगर्नुहोस् ।
    श्रीमतीको यस्तो वचन सुनेर सहन नसकी श्रीमती लाइनै हप्काउदै उनी भन्छन् स ू तँ पनि धेरै बाठो नबन, तैंलेनै हो छोरीलाइ उक्साएकी, केही न कामकी छेस तँ। मलाई एउटा छोरा दिन नसक्ने आइमाई किन कराउनुरु के गरेकी छेस् र तैंले मेरा लागि रु चुपलाग सबै जना कसैको कुरा सुन्नु छैन मलाई ।ू
    अघि सम्म उत्साहित रहेका चमेली र उनका साथीहरूलाई निकै नरमाइलो लागिरहेको थियो तर तै पनि उनी चुप बस्ने अवस्थामा थिएनन्। फेरि चमेलीका साथीहरूलाई कराउँदै भन्न थाले स ू तिमीहरू खुरुक्क आआफ्नो घर जाओ, अर्काको घरमा आएको छ, रमिता गरेको छ, लाज नभएका मान्छेहरू, यहाँबाट छिटो जाओ।

    चमेली, उनकी आमा र साथीहरूलाई समेत कटुबचन लगाएका चमेलीको बुबा अनियन्त्रित हुँदै, हल्लिदै आफ्नो कोठामा जान्छन् र अनेकौं कुरा गर्दै गनगनाउछन्। उनको ज्यान जति अनियन्त्रित थियो त्यो भन्दा बढि उनको शब्द र बोलिचाली अनियन्त्रित र असंयमित थियो ।
    उता चमेलीका साथीहरू उनको बुबाको कुरा सुनेर आश्चर्यचकित हुँदै आआफ्नो घर जाने तयारी गर्छन्। चमेली रोक्ने प्रयास गर्छिन् तर तिनीहरू रोकिदैनन् । ठुलो आकांक्षा र उत्साश लिएर सुरु गर्न लागिएको चमेलीको जन्मदिन मनाउने कार्यक्रम भावविह्वल अवस्थामा पुगेर अन्त्य हुन्छ। खुसिको माहोलमा एकाएक दुखको बज्रपात हुन्छ।

    यसरी लामो समय आफ्नो आदर्श व्यक्तिको रुपमा रहेका चमेलीको बुबा एकाएक छोरीको नजरमा गिर्न पुग्छन् । त्यसै घटनादेखि चमेली आफ्नो बुबाबाट सकेसम्म टाढा रहन खोज्छिन् । आर्थिक र भौतिक सम्पतिले नभएर एक परिवार खुसि र सुखि हुनको लागि परिवारका सदस्यमा पारस्परिक हितको भावना, सहयोग, समर्थन, मेलमिलाप र आपसी सम्मानको आवश्यकता पर्दछ। साथै आफ्नो सन्तानको मनोबिज्ञान बुझेर सोहि अनुरुप व्यवहार गर्न सकेको अवस्थामा मात्र अभिभावकले सन्तानबाट उपयुक्त सम्मान प्राप्त गर्न सक्छन।

    थाईल्याण्डमा रात बिताउन प्रस्ताव राख्दै युवतीले ‘यु वाण्ट बुम बुम?’ भनेपछि

    रमाकाे रामकहानी

    देखावटी गल्ती

     

  • subhayug
  • मलेखु
  • लघुकथा
  • सुजन कंडेल
  • प्रतिक्रिया दिनुहोस
    कला साहित्य सम्बन्धि थप
  • रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता

  • नवलपुर प्रहरीले बेच्यो बरामद गरिएका दुई सय ७१ सवारीसाधन

  • झण्डै साढे ४ करोड भ्रष्टाचार गरेको भन्दै गुणस्तर तथा नापतौल कार्यालयका पूर्ववरिष्ठ निरीक्षकविरूद्ध मुद्दा दायर

  • सेयर बजार राताम्मे


  • समाचार
  • १

    रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता
    १० घण्टा अघि

  • २

    नवलपुर प्रहरीले बेच्यो बरामद गरिएका दुई सय ७१ सवारीसाधन
    १० घण्टा अघि

  • ३

    झण्डै साढे ४ करोड भ्रष्टाचार गरेको भन्दै गुणस्तर तथा नापतौल कार्यालयका पूर्ववरिष्ठ निरीक्षकविरूद्ध मुद्दा दायर
    १० घण्टा अघि

  • ४

    सेयर बजार राताम्मे
    ११ घण्टा अघि

  • ५

    Why Traditional Dating Will Always Overcome Away Algorithms
    ११ घण्टा अघि

  • ६

    ‘अखण्ड भारत’को नक्साबाट नेपाल हटाउ भन्न नसके प्रधानमन्त्री किन भारत जानेः ओली
    ११ घण्टा अघि

  • ७

    बजेट कार्यान्वयनमाथिका शंका कामबाट हटाइने अर्थमन्त्री महतको दाबी
    ११ घण्टा अघि

  • ८

    अब हवाई यात्रा गर्दा कोभिड खोप लगाएको प्रमाण नचाहिने
    ११ घण्टा अघि

  • ९

    The Must-Know Tips For an incredible Union
    १२ घण्टा अघि

  • १०

    महोत्तरीको एनएमबि बैँकमा लुटपाट
    १२ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    rajendra sir photo
    १ हफ्ता अघि

    निती तथा कार्यक्रम फिर्ता लिनुपर्ने र पुर्नलेखन गर्नुपर्ने आवश्यकता छैन : सांसद पाण्डे

    सामाजिक सञ्जालबाट
    १

    पोखरीमा डुबेर ६ जना बालबालिकाको ज्यान गयो

    शुभयुग सम्वाददाता
    २

    भारतको जम्मुमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    ३

    श्रीलङ्काले मेको अन्त्यबाट साप्ताहिक इन्धन कोटा बढाउने

    शुभयुग सम्वाददाता
    ४

    एर्दोगान टर्कीको राष्ट्रपतिमा पुनः विजयी

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution