त्रिकोणात्मक टि-ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेदरल्याण्ड्सले नेपाललाई १३७ रनको लक्ष्य दिएको छ।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १३६ रन बनाएको हो। नेदरल्याण्ड्सका लागि बास डी लिडले सर्वाधिक ४१ रन बनाए। यस्तै स्कट एडवार्ड्सले ३०, पिटर सिलारले २३ र एन्टोनिउस स्टलले २० रन बनाए।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र शाहब आलमले एक–एक विकेट लिए। नेपालले सिरिजको दोस्रो खेलमा वैशाख ६ गते मलेशियासँग खेल्ने छ। तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्ससँग वैशाख ७ गते र लिगको अन्तिम खेलमा मलेशियासँग वैशाख ९ गते खेल्ने छ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar