२०७९ जेष्ठ १४, शनिबार
३ बैशाख,काठमाण्डौ – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभाबाट विश्वासको मत लिएका छन् ।
विपक्षी एमालेका चार सांसदले ‘फ्लोर क्रस’ गरेसँगै मुख्यमन्त्री शाही विश्वासको मत लिन सफल भएका हुन् । यससँगै शाही नेतृत्वको प्रदेश सरकारले निरन्तरता पाएको हो । विपक्षी एमाले नेताहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमर थापाले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका हुन् । प्रदेशमा ६ सिट भएको कांग्रेसले भने मुख्मयन्त्रीलाई मत दिने घोषणा गरिसकेको थियो ।
सभामा शुक्रवार उपलब्ध ३७ सांसदमध्ये २२ जनाले मुख्यमन्त्री शाहीलाई मतदान गरे भने १५ जना विपक्षमा मतदान गरे । सभामा जम्मा ३७ सांसद सहभागी थिए । प्रदेश सभामा सभामुखसहित एमालेका २० जना सांसद छन् भने माओवादीका १२ सांसद छन् । जहाँ, कांग्रेसको ६ सिट छ ।
यता सत्तापक्षीय एमालेको भने संसदीय दलको बैठक बसिरहेको छ । फ्लोर क्रस गर्ने चार सांसदहरुलाई कारबाही गर्ने सम्बन्धमा बैठक बसिरहेको बताइएको छ । यता फ्लोर क्रस गर्ने सम्बन्धमा अग्रणी भूमिकामा देखिएका ज्वालाले भने कारबाही भोग्न तयार रहेको बताएका छन् ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह