२०७९ जेष्ठ ८, आईतबार
३ बैशाख,काठमाण्डौ – काठमाडौं महानगरपालिकाले विद्यार्थी वा शिक्षकमा कोरोना संक्रमण पुष्टि भएका महानगर क्षेत्रभित्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले शुक्रबार परिपत्र गर्दै संक्रमण पुष्टि भएका विद्यालय एक साताका लागि बन्द गर्ने निर्णय गरिएको जानकारी गराएका छन् । ‘कुनै विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय अर्को सूचना नभएसम्म कम्तीमा एक हप्ता बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्न अनुरोध गरेकाे छ ।
महानगरले विद्यालयहरूमा सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने तथा साबुन पानीले राम्रोसँग हात धुने / सेनिटाइजरको प्रयोग गर्नेलगायतका स्वास्थ्य तथा जनसंख्या मन्त्रलयबाट विगतमा जारी गरिएका मापदण्डहरुको कडाइका साथ पालना गरी अभिभावकहरु समेतको सहमतिमा विद्यालय सञ्चालन गर्नु/गराउन हुन पनि अनुरोध गरेको छ ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह