३१ चैत,दमौली – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ ठाँटीटारमा मोटरसाइकलबाट खसेर आज एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा म्याग्दे गाउँपालिका – ६ छबिसे बस्ने ५५ वर्षीय सानुमाया सार्की रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।थर्पु बजारबाट छबिसेतर्फ जाँदै गरेको ग ७ प ५३२३ नम्बरको मोटरसाइकलबाट खसेर मोटरसाइकलमा सवार सार्कीको मृत्यु भएको हो ।
मोटरसाइकलबाट खसेर घाइते उनको पोखरास्थित फेवासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar