२०८१ आश्विन ३०, बुधबार
सिन्ह्वा – अफगानिस्तानमा भएका हिंसात्मक घटनाहरुमा परी कम्तीमा ९२ जनाको मृत्यु भएको छ ।
स्थानीय स्वतन्त्र अनुगमनकर्ताहरुले शनिबार दिएको जानकारीअनुसार शुक्रबार बिहान भएका घटनाहरुमा परी उनीहरुको मृत्यु भएको हो । ‘पछिल्लो २४ घण्टामा भएका घटनाहरुमा परी कम्तीमा ९२ जनाको मृत्यु भएको विवरण हामीलाई प्राप्त भएको छ,’ एक सुरक्षा अधिकारीहरुले भनेका छन् ।
घटनामा परी मृत्यु भएकामध्ये दुई जना आम नागरिक, २७ जना अफगानीस्तानी राष्ट्रिय सुरक्षा दलका सुरक्षाकर्मी र ६३ जना तालिवान लडाकुहरु रहेको पनि सरक्षा अधिकारीहरुले पुष्टि गरेका छन् । घटनामा परेकामध्ये ५१ जना तालिवान लडाकुहरु र सात जना सुरक्षाकर्मीहरु घाइते पनि भएको जनाइएको छ ।
अफगानिस्तानमा गत करिब चार दशकदेखि द्वन्द्व जारी छ । अमेरिकाले यहाँको सुरक्षा व्यवस्थाको अगुवाई गरिरहेको छ । अफगान सरकारले पनि अमेरिकी नेतृत्वको सुरक्षा व्यवस्थामा तालिबानसँगको तनाव कम गर्ने प्रयत्न गरिरहेको छ । सन् २००१ मा अमेरिकाले अफगानिस्तानको तालिबान सत्तालाई हटाइदिएको थियो ।
अफगानिस्तानमा करिब १४ हजार अमेरिकी सेना रहेकोमा अहिले घटाउँदै करिब २५ सयमा झारिएको छ । थप घटाउने की बढाउने भन्ने बारेमा जो बाइडेन नेतृत्वको नयाँ अमेरिकी प्रशासनले अहिले समीक्षा गरिरहेको छ । अफगानिस्तानमा अमेरिकी बाहेक ब्रिटेन, जर्मनी, इटली जस्ता मुलुकबाट समेत हजारौँको संख्यामा सुरक्षा फौज तैनाथ गरिएको छ ।
उत्तर एटलान्टिक सन्धि संगठन नेटोका सदस्य राष्ट्रहरूले अफगानी फौजलाई सल्लाह र सहायता दिँदै आएका छन् । पछिल्ला वर्षहरुमा सुरक्षाका गम्भीर घटनाहरुमा पनि नेटो सेनाले अफगान सुरक्षाकर्मीलाई नै अघि सार्दै आएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar