• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ २६, बिहिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्काशित

१४ घण्टा अघि
२

गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

१६ घण्टा अघि
३

म्याग्दीको धौलागिरिमा पहिरो खस्दा नदी थुनियो

१६ घण्टा अघि
४

राप्रपा र रास्वपाद्धारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार

१६ घण्टा अघि
५

त्रिविको उपकुलपतिमा डा दीपक अर्याल नियुक्त

१७ घण्टा अघि
६

चालु आवको बजेट निकासा गर्ने आज अन्तिम दिन

१८ घण्टा अघि
७

स्वास्थ्य बीमामा आबद्ध नागरिकलाई अब दुई लाखसम्मको उपचार सुविधा

१९ घण्टा अघि
८

स्ट्रिट क्रिकेट लिग असोजमा

१९ घण्टा अघि
९

स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा

१९ घण्टा अघि
१०

बाढीपहिरोका कारण १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध

२० घण्टा अघि
११

‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक

२२ घण्टा अघि
१२

नयाँ चलचित्रको तयारीमा नीता

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • press met १

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    २ हफ्ता अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 २

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    १ हफ्ता अघि
  • keshab shrestha ३

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    ३ हफ्ता अघि
  • rajendra ४

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    १ हफ्ता अघि
  • skt mak ५

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    १ हफ्ता अघि
  • apanga sangh programme 2 ६

    हेटौंडामा अपाङ्गता सूचना केन्द्र संचालन र व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    ४ हफ्ता अघि
  • arun tiwari and durge ७

     दुर्गेशले अस्ट्रेलियामा दुस्मन हेरेको हेर्यै टुर गर्ने

    १ हफ्ता अघि
  • charaudi ८

    धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

    १ दिन अघि
  • trisuli nadi badhi ९

    रसुवादेखि धादिङको वेनिघाटसम्म सतर्कता अपनाउन आग्रह

    १ दिन अघि
  • kp oli cabinet baithak १०

    प्रधानमन्त्री ओलीले आह्वान गरे मन्त्रिपरिषद बैठक

    २ दिन अघि
  • फेरी लकडाउन गर्ने पक्षमा सरकार छैन : मन्त्री ढकाल

    Reporterप्रकाशित मिति: २०७७ चैत्र २८, शनिबार (४ साल अघि)
  • १३२१ पाठक संख्या
  • bhanubhakta-dhakal_ZROmm7FKWB

    २८चैत,काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड – १९ महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर आवश्यक तयारीमा जुटिरहेको बताएका छन् ।

    नेपाल पर्वतारोहण संघ (एनएमए) को ३०औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै मन्त्री ढकालले कोभिड महामारी नियन्त्रणका लागि सरकार लागिपरेको बताएका हुन् । उनले भने, ‘विगतको कहालीलाग्दो अवस्थाले फेरि पनि झकझकाइरहेको छ । कोभिड महामारीको जोखिम नियन्त्रण र परिस्थितिलाई सहज बनाउने तयारीमा सरकार जुटिरहेको छ, भरसक बन्दाबन्दी नगरी परिस्थितिलाई नियन्त्रणमा लिने प्रयत्न जारी रहन्छ, कुनै विपत्ति आइलागेमा सामना गर्नुको विकल्प पनि छैन, अहिलेको अवस्थामा सबैले सजकता अपनाउन जरुरी छ ।’

    पर्यटनमन्त्री ढकालले कोभिड महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्र पछिल्ला दिनमा केही सुधाराका सङ्केत देखिए पनि केही दिनदेखि लगातार बढिरहेको कोभिडका सङ्क्रमितको सङ्ख्याले थप भयाबह स्थिति सिर्जना हुने खतार बढेको उल्लेख गरे ।

    ‘महामारीले थिलोथिलो बनेको पर्यटन क्षेत्र विस्तारै लयमा फर्कने वातावरण बनिरहेकामा पुनः कोभिडको अत्यासलाग्दो परिस्थितिले झस्काएको छ, छिमेकी मुलुक भारतमा महामारीको कहालीलाग्दो अवस्थाले खु्ला सिमाना, रहनसहन भएको मुलुक नेपालमा त्यसको असर पर्ने खतरा छ, हामी (नेपाल) १०० भन्दा कम सङ्ख्यामा झरिसकेको अवस्थामा हिजोआज ३०० भन्दा बढी संक्रमित भेटिनु निकै चिन्ताको विषय हो’, उनले भने ।

    पर्यटनमन्त्री ढकालले ६ हजार माथिका २७ चुली (पिक) को आरोहण व्यवस्थापनको जिम्मेवारी पाएको एनएमएलाई यसका अतिरिक्त अझै विस्तार गर्नेतर्फ सरकार सकारात्मक रहेको तथा सोको पहालकदमी गर्न पर्यटन मन्त्रालय तयार रहेको बताए । उनले पर्वतारोहण क्षेत्रमा कुनै नीति तथा कानूनी समस्या र उल्झन भए त्यसको सहजीकरण गर्न आफू तत्पर रहेको बचन दिए । पर्यटन क्षेत्रको समृद्धि र विकासका निम्ति सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो पारिनुपर्नेमा पनि पर्यटनमन्त्रीको जोड थियो ।

    कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले एनएमएको हालको भूमिकालाई थप प्रभावकारी तुल्याउन तथा संस्थालाई नवप्रवर्तन र पूर्वाधार विकासमा सक्रियता गराउन सुझाव दिए । उनले पर्वतारोहण क्षेत्रलाई विश्वमाझ पहिचान गराउन तथा यस क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन तथा व्यवस्थापन, आरोहणसम्बन्धी उपकरण र स्रोतसाधनको व्यवस्थापनका लागि संस्थाले गर्दै आएको कामको प्रशंसा पनि गरे ।

    एनएमएका अध्यक्ष सन्तवीर लामाले संस्थाको ४८ वर्षे इतिहासमा २४ पटक सर्वोच्च शिखर सगरमाथाको आरोहणदेखि विश्वकै जोखिम हिमाल पाकिस्तानस्थित ‘माउन्ट केटू’ को यसै वर्ष १० नेपाली आरोहीले सफलतापूर्वक आरोहणले नेपालको पर्वतीय पर्यटनलाई विश्वभर फैलाउन सफल भएको उल्लेख गरे । उनले पर्वतारोहणकै इतिहासमा पहिलोपटक माउन्टेन गाइड लाइसेन्सको व्यवस्था गर्न सफल भएको तथा नेपालमा खुला गरिएका ४१४ हिमाल र पिकको प्रोफाइल तयार गर्न सफल भएको जानकारी दिए ।

    सो अवसरमा पर्यटन क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । दावा नर्बु पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार पत्रकारद्वय जगदिश तिवारी र अर्जुन पाख्रिनलाई प्रदान गरिएको छ भने सबैभन्दा बढी रोयल्टी बुझाउने १० कम्पनीलाई पनि सम्मान गरिएको छ । साधारणसभाले आगामी नयाँ नेतृत्व चयनका लागि निर्वाचन मिति घोषणा गर्नुका साथै महासचिव कुलबहादुर गुरुङ र कोषाध्यक्ष सुदर्शन न्यौपानेले प्रस्तुत गरेको प्रतिवेदनलाई पारित गर्ने आयोजकले जनाएको छ ।

  • subhayug
  • पर्यटन मन्त्री
  • भानुभक्त ढकाल
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्काशित

  • म्याग्दीको धौलागिरिमा पहिरो खस्दा नदी थुनियो

  • राप्रपा र रास्वपाद्धारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार

  • स्वास्थ्य बीमामा आबद्ध नागरिकलाई अब दुई लाखसम्मको उपचार सुविधा


  • समाचार
  • १

    लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्काशित
    १४ घण्टा अघि

  • २

    गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु
    १६ घण्टा अघि

  • ३

    म्याग्दीको धौलागिरिमा पहिरो खस्दा नदी थुनियो
    १६ घण्टा अघि

  • ४

    राप्रपा र रास्वपाद्धारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार
    १६ घण्टा अघि

  • ५

    त्रिविको उपकुलपतिमा डा दीपक अर्याल नियुक्त
    १७ घण्टा अघि

  • ६

    चालु आवको बजेट निकासा गर्ने आज अन्तिम दिन
    १८ घण्टा अघि

  • ७

    स्वास्थ्य बीमामा आबद्ध नागरिकलाई अब दुई लाखसम्मको उपचार सुविधा
    १९ घण्टा अघि

  • ८

    स्ट्रिट क्रिकेट लिग असोजमा
    १९ घण्टा अघि

  • ९

    स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा
    १९ घण्टा अघि

  • १०

    बाढीपहिरोका कारण १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध
    २० घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

    subhayug
    २

    एलन मस्कले खोले नयाँ राजनितिक दल

    subhayug
    ३

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

    subhayug
    ४

    जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution