२०८१ आश्विन २०, आईतबार
२७ चैत, काठमाण्डौ – काेराेना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शैक्षिक संस्था भौतिक रुपमा सञ्चालन नगर्न सिफारिस गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेत्र त्रिपाठीले कोभिड – १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा सिफारिसमाथि छलफल हुने बताए । ‘नयाँ खाले युके भेरियन्टको असर युवाहरुमा देखियो । हामीले पठनपाठन भर्चुअल माध्यमबाट गरौं भनेर विद्यालयहरु बन्द गर्न सिफारिस गरेका छौं । वालवालिकाहरुलाई कुनै जोखिम नहोस भन्नेमा सरकार गम्भीर छ ।’ मन्त्री त्रिपाठीले भने।
मन्त्री त्रिपाठीले स्वास्थ्य मापदण्डमा सबै सचेत नहुने हो भने अवस्था फेरि भयावह हुने बताएका छन् । विद्यालयमात्र होइन सिनेमा हल र पार्टी प्यालेसहरु पनि बन्द गर्न सिफारिस गरिएको उनले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar