२०७९ जेष्ठ ४, बुधबार
२२ चैत,काठमाण्डौं – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मुकुलको संकट समाधान गर्न सरकारको नेतृत्व लिन नेपाली कांग्रेस तयार रहेको बताएका छन् ।
‘नेकपा एमाले र माओवादी केन्द्र फुटेर झगडामा लागेपछि अहिले देशमा राजनीतिक संकट आएको छ’, उदयपुरको गाईघाटस्थित लोकतान्त्रिक चौकमा शनिबार आयोजित नेपाल राष्ट्रिय मगर संघ प्रदेश नं १ को भेलामा उनले भने, ‘सत्तारुढको विवादले सरकार पनि संकटमा परेको छ ।’
महामन्त्री कोइरालाले देशको राजनीतिक समस्या समाधान गर्दै देशलाई संकटबाट बचाउन आवश्यक परे नेपाली कांग्रेस सरकारको नेतृत्व गर्न तयार रहेको बताए । उनले कांग्रेसले मात्र देशलाई सही दिशा दिन सक्ने पनि जिकिर गरे ।
‘पाँच वर्षका लागि कम्युनिष्टलाई जनताले मतदान गरेर बहुमत दिई सत्तामा पुर्याएका कारण कांग्रेसले प्रतिपक्षको मात्र धर्म निर्वाह गर्दै आएको छ,’ उनले भने, ‘तर अहिले देशको अवस्था जटिल बन्दै गएकाले सरकारको नेतृत्व लिन हामी तयार छौँ ।’
महामन्त्री कोइरालाले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा अबको सरकार बन्न सक्ने बताए । उनले आवश्यक परे ताजा जनादेश (चुनाव) मा गई राजनीतिक निकास दिइने बताए ।
मुलुकको प्रजातान्त्रिक आन्दोलनमा मगर जातिको ठूलो योगदान रहेको भन्दै उनले पछाडि परेकाहरुको उत्थानका लागि राज्यको मूल प्रवाहमा ल्याउनुपर्नेमा जोड दिए ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह